अँध्यारोमा मोबाइल प्रयोग गर्नुको यी ९ नोक्सानबारे के तपाईलाई थाहा छ ? जानीराखौँ
अनलाईन एडिलेड- मोबाइल आजको दिनमा अपरीहार्य भैसकेको छ । मोबाईल अपरीहार्य भएसँगै मान्छेको जीवनमा यसको प्रयोगपनि बढ्दो छ । मोबाइलका फाइदापनि धेरै छन । फाइदासँसगै यसको अत्याधिक प्रयोगले मान्छेको जीवनमा निकै नकारात्मक असर गर्छन् । त्यसमाथी मधुरो प्रकाशमा यसको प्रयोगले निकै नराम्रो असर गर्छ । त्यसमध्ये प्रमुक नौ असरहरुको चर्चा यहा गरिएको छ ।
१. आखा कमजोर हुनु:
हामीमध्ये धेरैले राती बत्ति निभाइसकेपछी उत्तानो परेर लामो समयसम्म मोबाइल चलाउने गर्दछौं । यो आखाको लागी निकै घातक हो । यसले आखाको देख्नेशक्ति क्षय हुने र अन्धोसम्म हुनसक्ने सम्भावना रहन्छ ।
२. अनिन्द्रा
मोबाइलको अत्याधिक प्रयोगले शरीरमा मटालोनिन नामक हार्मोनको स्तर घट्नगइ निन्द्रा नलाग्ने समस्यासमेत निम्त्याउछ ।
३. तनाब बृद्दि
मोबाइलको अत्याधिक प्रयोगले शरीरमा मटालोनिन नामक हार्मोनको स्तर घट्नजान्छ, जसले गर्दा मान्छेमा तनाबको मात्रासमेत बढ्नजान्छ ।
४. मष्तिस्कमा असर
राती अबेरसम्म मोबाइल चलाउदा ब्रेन ट्युमरको सम्भावना एकातिर रहन्छ भने श्रवणशक्तिमा समेत ह्रास आउछ ।
५. थकान
अत्याधिक मोबाइच चलाउदा निन्द्रा नलाग्ने, तनाब बढ्ने हुनजान्छ । लामो समयसम्म यो क्रम चलिरहदा शरीरमा थकान महशुस हुनजान्छ ।
६. फोकसिङ मसल्समा असर
अत्याधिक मोबाइच चलाउदा फोकसिङ मसलमासमेत असर पर्छ र कुनै बस्तुमा हेर्दा आंखामा पीडा महशुस हुन्छ ।
७. आखा रातो हुने
अत्याधिक मोबाइच चलाउदा आखा रातो हुन्छ ।
८. डार्क सर्कल
राती अबेरसम्म मोबाइल चलाउदा आखामा असर पर्न गइ डार्क सर्कलसमेत हुनजान्छ ।
९. ग्लुकोमा
राती अबेरसम्म मोबाइल चलाउदा मस्तिस्कसम्म सिग्नल लैजाने अप्टिक तन्त्रिकामा असर पर्न गइ ग्लुकोमासमेत हुनसक्छ ।
Leave a Reply