विदेशमा बस्ने नेपालीले दलका झण्डा नबोकौं: पर्यटन मन्त्री

दुतावास सुधारिएको छ: राजदुत

३० नोभेम्बर २०१७, एडिलेड- पर्यटन प्रवर्दनका लागी अष्ट्रेलिया रहनुभएका नेपालका पर्यटनमन्त्री जितेन्द्र नारायण देवले विदेशमा बस्ने नेपालीहरुले नेपालका राजनीतिक दलका झण्डा नबोकेर राष्ट्रिय झण्डामुनी बसी नेपालको  आर्थीक-सामाजिक विकाशको सम्बाहक हुन आग्रह गरेका छन् । राजनीतिका कारण विदेशको नेपाली समुदाय बिभाजन भएको कुरा भेटघाटका क्रममा नेपालीबाटमात्र नभएर विदेशीबाट समेत सुनेको बताउदै मन्त्री देवले विदेशमा बस्ने नेपालीको एकमात्र पहिचान नेपाली भएकाले विदेशमा बस्ने नेपालीहरुलाई नेपालको झण्डामुनि एकिकृत हुन आग्रह गरे ।  गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा म्यारियन आर एस एलमा साउथ अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुसँगको अन्तरकृयामा आफ्ना विचार राख्दै मन्त्री देवले उक्त कुरा बताएका हुन । मन्त्री देवले नेपालमा २००७ देखी निरन्तर चलिरहेको आन्दोलनको श्रृंखला सकिएकाले अब देशको आर्थीक-सामाजिक विकाशमा सवै लाग्नै पर्ने बाध्यता भएको जिकिर गरे । राजनीतिक रुपमा अत्यन्त विभाजित भइ नराम्रो नेपाली समुदायको रुपमा पहिचान बनाउदै गएको बेलायतको नेपाली समुदायको उदाहरण दिदै बेलायतका राजदुतलाई दलका कार्यक्रममा भाग नलिन आफुले सुझाएको पनि मन्त्री देवले बताए । नेपाली राहदानीबाहकले विभिन्न देशका इमिग्रेसनमा भोग्नुपर्ने समस्यावारे आफु जानकार रहेको बताउदै नेपाली राहधानीको उचाईलाई सम्मानित स्तरमा पुर्याउन देशको आर्थीक विकाश हुनेपर्ने बताउदै सम्पुर्ण नेपालीहरुलाई त्यतातिर लाग्नसमेत मन्त्रीले आग्रह गरे ।

नेपाली दुतावासको दुइबर्षअघिको रामकृष्ण शर्माको नराम्रो अनुभववारे बोल्दै राजदुत लक्कि शेर्पाले दुइबर्ष अधि दुतावासको अवस्था के थियो त्यसवारे आफुले जवाफ दिन नसक्ने बताउदै आफ्नो कार्यकालको गएको पाँच महिनामा दुतावासको कामकारवाहिमा प्रसस्त सुधार आएको बताइन । शेर्पाले क्यानवेराको निकै पुरानो प्रणालीमा आधारीत टेलिफोनले कहिलेकाही दु:ख दिनेगरेको स्विकार्दै दुतावास अनलाईनबाट सेवाग्राहीलाई सेवा दिने बाटोमा बढेको बताइन । कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली दुतावसका उप प्रमुख राजेन्द्र पाण्डे, साउथ अष्ट्रेलियाका लागी नेपाली वाणिज्य दुत दिपक धमला, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष अशोक केसी, एनआरएनए अष्ट्रेलिया सदस्य नविन पन्थ, जस्टिस अफ पिस देवराज कडेल, एडिलेडमा वसोवास गर्ने पुराना नेपाली दिपक विस्ट, समुदायका अगुवा दिपक लामालगयतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एनआरएनए साउथ अष्ट्रेलिया सहसचिव चन्द्र कुवरले गरेका थिए ।

Leave a Reply