पाचौं इनास चलचित्र अवार्ड सम्पन्न, चलचित्रका २२ विधामा अवार्ड प्रदान

इनास साउथ अष्ट्रेलिया सर्वोत्कृष्ट राज्य समिति

१४ अक्टोवर २०१७, काठमाण्डौ- प्रवासमा नेपाली कला-कला संस्कृति, संगीत, साहित्य र सिर्जनाको संरक्षण एवं प्रवर्दन गर्ने उदेश्यले स्थापना भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाजले हरेक बर्ष आयोजना गर्ने चलचित्र अवार्ड कार्यक्रमको पाचौं संस्करण विहिवार र  शुक्रवार काठमाण्डौंको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । दुइदिने उक्त कार्यक्रमको पहिलो दिन इनासको दोस्रो विश्व सम्मेलन भएको थियो भने दोस्रो दिन अवार्ड वितरण भएको थियो । गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय समिति अध्यक्ष शेष घलेको प्रमुख आतिथ्य र अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति अध्यक्ष पुष्प बरुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चलचित्रका बिभिन्न २२ बिधामा अवार्ड वितरण गरिएको थियो । 

इनासको विश्व सम्मेलनमा सभापतित्व इनास नेपाल कार्यक्रम संयोजन समिति अध्यक्ष टीका पहाडिले गरेका  कार्यक्रमको सञ्चालन इनास ग्लोबल सचिव मनिष कुमार श्रेष्ठले गरेका थिए भने स्वागत एवं शुभकामना मन्तब्य क्रमश: इनास ग्लोवल महासचिव रामचन्द्र थापा, नेपाल चलचित्र बिकास बोर्ड प्रतिनिधी, नेपाल चलचित्र कलाकार संघ प्रतिनिधि, इनास ग्लोवल संरक्षक नीर शाह, इनास ग्लोवल संरक्षक जीवा लामिछाने, इनास ग्लोवल अध्यक्ष पुष्प बरुवाल लगायतले गरेका थिए  । यसैगरी कार्यक्रममा बिभिन्न महादेशहरुवाट प्रगति विवरणहरु पेश गरिएको थियो । अमेरिका महादेश संयोजक श्री साबू गदाल कार्कीबाट अमेरीका महादेशको, अष्ट्रेलिया महादेश संयोजक डा. रामकृष्ण निरौलाबाट अष्ट्रेलिया महादेशको,  युरोप महादेश संयोजक श्री अर्जुन काफ्लेबाट महादेशीय विबरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो । ततपश्चात समबन्धित महादेशका राष्ट्रिय समिति प्रतिनिधिहरुबाट कार्य प्रगति विवरण पेश भएको थियो ।

बिभिन्न देशमा रहेका इनासका राष्ट्रिय र राज्य समितिहरुले दुई वर्ष भरि गरेका काम कारवाहीहरुको मूल्यांकन गर्दै  संस्थाको अनुगमन तथा सुपरिवेक्षण समितिले दिएको प्रतिवेदनको आधारमा यस वर्षदेखि सर्वोतकृष्ट राष्ट्रिय समितिको उपाधि प्रदान गरिएको थियो । यसरी अनुगमन तथा सुपरिवेक्षण समितिले उपाधिका लागी सिफारिस गरेको   उत्कृष्ट दश राष्ट्रिय र राज्य समिति मध्येबाट उत्कृष्ट इनासको साउथ अष्ट्रेलिया राज्यसमितिसमेत सम्मानित भएको छ ।  उत्कृष्ट दशको सिफारिसमा  राष्ट्रिय समिति अस्ट्रेलिया, राष्ट्रिय समिति डेनमार्क, राष्ट्रिय समिति नेदरल्याण्डस, राष्ट्रिय समिति युएई, राष्ट्रिय समिति युके (बेलायत), राष्ट्रिय समिति बहराइन, राष्ट्रिय समिति कुवेत, राज्य समिति कोलोराडो ( संयुक्त राज्य अमेरिका), राज्य समिति साउथ अष्ट्रेलिया (अष्ट्रेलिया) र  राज्य समिति सिक्किम (भारत) रहेका थिए ।

कार्यक्रममा राष्ट्रकवि माधब प्रसाद घिमिरे, सस्कृतिविध सत्यमोहन जोशी, गायक एवं संगीतकार प्रेमध्वज प्रधान,  नृत्यङगना बिमला श्रेष्ठ र चलचित्रकर्मी एवं निर्देशक चेतन कार्कीलाई विशेष सम्मान गर्दै नेपाली हास्यव्याग्यको  क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका सदाबहार महजोडीलाई लाईफटाईम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमको आयोजना अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिले गरेको थियो भने व्यवस्थापन अन्तरा इनटरनेसनलले गरेको थियो ।

 

Leave a Reply