प्रवासको तिहार, टीका सामाग्रीको प्रवन्ध
१३ अक्टोवर २०१७, एडिलेड- नेपालीहरु विदेश जाने र उतै बस्ने क्रमसँगै प्रवासमा बस्ने नेपालीहरुमाझ चर्चित उखान ‘प्रवासीलाई चाड न पर्व’ भन्ने उखानको सान्दर्भिकता क्रमश: फितलो बन्दै गइरहेको छ । पछिल्लो समय ‘नेपालीहरु जहां-नेपाली कलासंस्कृति र चाडपर्व त्यहां’ भन्ने उखानले ठाँउ पाउन थालेको छ । नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैंमा एडिलेडमा नेपालबाट प्रसस्तै अभिभावकहरुमात्र आएनन्, अभिभावक नहुनेहरुलेपनि यहिका साथीसंगीहरु भेला भएर खुसी र टीका साटे । त्यसो त अभिभावक नहुनेहरुका लागी एनआरएन, इनास, गुठी, एडिलेड नेपाली समाज, फुन्सालगायतका सघंसस्थाहरु मिलेर सामुहिक दशैंको आयोजना समेत गरे । दशैंको विदावारी सँगै नेपालीहरुको दोस्रो ठूलो चाड तीहारको देशभित्रसँगसगै देशबाहिर पनि तयारी शुरु भएको छ । नजिकका आफन्तहरु भएकाहरुले तीहारको टीकाको सुरसार कसिसकेका छन र नजिकका आफन्त नहुनेहरुपनि दिदी-भाइको सम्बन्ध बनाउदै टीकाको तयारी शुरु गरेका छन् ।
यसैगरी युवाहरुको एक समुहले एडिलेडमा टीका, मखमली माला लगायत टीका सामाग्रीको प्रवन्ध गर्नपनि शुरु गरिसकेका छन । ‘हामीले यसपालीको तीहारका लागी नेपालबाट नै समाग्रीहरुको प्रबन्ध गरेका छौं । मखमलि माला र टीका हामीसँग प्रसस्त व्यवस्था छ । ‘ टीका समाग्री व्यस्थापनमा सक्रिय सुपक अधिकारीले भने ।
‘ठुलो परीमाणमा लिन चाहनेहरुका लागी अवस्था हेरी होम डेलिभरीको व्यवस्थापनि छ ।’ अशोक अधिकारीले भने । टीका सामाग्रीका वारेमा थप जानकारी ०४१५६१२५५९( सुपक अधिकारी), ०४२४४४५५३५ (राजु सुवेदी) वा ०४०१५६२५४३ (अशोक अधिकारी) मा सम्पर्क गरि लिन सकिने छ ।
यसपालीको तीहार १७ अक्टोवरमा काग तीहारबाट शुरु हुदै १८ मा कुकुर तीहार, १९ मा लक्ष्मी पुजा, २० मा गोवर्धन पुजा र त्यसपछि २१ मा भाइटीका हुदै समापन हुनेछ ।
Leave a Reply