एडिलेडमा ‘अटिज्म’ विषयमा नेपालीमा जानकारीमुलक कार्यक्रम आयोजना गरिदै

२३ सेप्टेम्बर २०१७, एडिलेड- तपाईको परीवारमा अथवा छर-छिमेकमा पढ्न अथवा समुदायका अन्य मानिसहरुसरह कुराकानी गर्न नसक्ने समस्या परिरहेका कोही छन ? यस्ता मानिसहरुलाई के भएको होला र कसरी सहयोग गर्न सकिएला भन्ने कहि कतै तपाईको सोचमा छ ? यदि हो भने यस्तो खाले समस्यालाई चिकित्शा तथा मानवविकाश शास्त्रमा ‘अटिज्म’ भनिन्छ । अष्ट्रेलियामा हरेक १ सयमध्ये एकजना र कुल गरेर २ लाख ३० हजारको हाराहारीमा ‘अटिज्म’ ग्रस्त मानिसहरु रहेको अध्यान भन्छ ।  यसवारेमा एडिलेडमा  एक विस्तृत जानकारीमुलक,  यससम्बन्धि दक्ष व्याक्तिहरुबाट सम्पुर्ण सामाग्रीहरु नेपाली भाषामा नै उपलब्ध हुनेगरी एक विशेष कार्यक्रमको आयोजना गरिदैछ । परीवारमा तथा वरपर कतै ‘अटिज्म’ भएका कोही छन भने त तपाईले प्रत्यक्ष लाभ उठाउन सक्नुहुनेछ । यदि छैनन भने र तपाईलाई फुर्सद छ भने ज्ञान बढाउनु होला । 

कहा र कहिले हुदैछ त कार्यक्रम?

कार्यक्रम शनिवार, १४ अक्टोवरका दिन बिहानको ११:०० बजेदेखी अपह्रान्नको १२:३० बजेसम्म   1-37 Pildappa Ave, Park Holme SA, 5043 मा अवस्थित Ascot Park Primary School जहां  एडिलेड नेपाली विद्यालयले हरेक शनिवार कक्षा संचालन गर्ने गर्छ । कार्यक्रममा सहभागीता नि:शुल्क हुनेछ भने खाना तथा हल्का पेयको समेत व्यवस्था रहनेछ ।

के के हुन्छ त कार्यक्रममा ?

  • आफ्नो समुदायलाई कसरी सहायता प्रदान  गर्ने बारेमा सिक्ने अवसर प्राप्त हुने
  • एउटा परिवारको विदेश यात्रा सम्बन्धी एउटा छोटो एनिमेटेड डकुमेंट्री देखाइने (नेपाली भाषामा)
  • अटिजम भएका बालबालिकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे जानकारी प्राप्त हुने
  • नेपालीमा अनुबाद गरिएका सूचना र जानकारीमूलक सामग्री प्रदान गरिने
  • बालबालिकाको सिकाइ र विकासका लागि उपलब्ध सेवाहरूको बारेमा जानकारी हासिल हुने
  • उपहार स्वरुप एउटा सानो गुडी ब्याग (Goody Bag) प्रदान गरिने

कार्यक्रमलाई एडिलेड नेपाली विद्यालयको सहयोगमा Positive Partnership भन्ने संस्थाले आयोजना गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहनेहरुले खानेकुरा व्यवस्थापनमा सहजताका  लागि  फोन न. 0401 106 096 (Emma) मा Text गर्नका लागी आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply