राजेश अधिकारी एडिलेड नेपाली समाजको अध्यक्षमा निर्विरोध
नेपाली समाजको अन्य समुदायसँगको सम्बन्ध सुध्रिढ गर्नेछु: अधिकारी

२१ सेप्टेम्बर २०१७, एडिलेड- बिहिवार भएको एडिलेड नेपाली समाजको दोश्रो वर्षिक साधारण सभाले राजेश अधिकारीलाइ निर्विरोध अध्यक्ष चयन गरेको छ । राजेश अधिकारी वर्तमान कार्यसमितिमा सचिव रहेका थिए ।
बिहिवार मेरियन रोड र अल्वाना एभिन्युको कर्नरमा रहेको मेरियन चर्चको सभाहलमा समाजको दोश्रो वर्षिक सधरणसभा सम्पन्न भएको थियो । समाजको नया कर्यसमितीको उपाध्यक्ष्यमा प्रविन गुरगाइ सचिवमा युवराज कडेल सहसचिव आरके शर्मा कोषाध्यक्षमा दीपा सापकोटा तथा सदस्यहरुमा शुपक अधिकारी, श्याम दाहाल, यदुनाथ आचार्य र क्षितिज सापकोटा सर्वसम्मत भएका छन ।
समाजको नया पदाधिकारी चयनका लागी सुरेन्द्र रेग्मी, विकाश शर्मा पोखरेल तथा श्री सापकोटा सम्मिलित एक निर्वाचन समिती गठन गरिएको थियो ।
“समाजको केहि पदमा एकभन्दा बढी सदस्यको उमेरद्वारी नपरेको हैन तर साधारण सभामा अनुपस्थितहरुको उमेद्वारीलाइ निर्वाचन समितीले समाजको बिधानमा ब्यवस्था भएबमोजिम खारेज गरेकाले निर्वाचनमा जानुपर्ने अवस्था आएन ।” निर्वाचन समितीका बिकाश शर्मा पोखरेलले अनलाइन एडिलेडसगँ भने ।
नवनिर्वाचित अध्यक्ष राजेश अधिकारिले भने ” एडिलेड नेपाली समाजलाइ एडिलेडका नेपाली संस्थाहरुसग समन्वय गर्दै यो बहुसस्कृतिक समाजमा नेपाली समाजको उचाइलाइ नया गती दिने भुमिका मेरो काधमा आएको छ । मेरो कर्यकालमा नेपाली समाजको स्थानिय सरकार तथा यहाको अन्य समुदायसँगको सम्बन्धमा नँया आयम थपिने छ । “
Leave a Reply