एडिलेड नेपाली समाजको साधारणसभा  आगामी साता, नयां नेतृत्व पाउने

१६ सेप्टेम्बर २०१७, एडिलेड- एडिलेडका नेपाली समाजको दोस्रो अधिवेशन आगामी साता हुने तय भएको छ ।   २१ सेप्टेम्बर विहिवारका दिन मेरियन रोड र अलवुना (Alawoona) एभिन्युको कर्नरमा स्थिति मेरियन चर्चको सभाहलमा हुने समाजको अधिवेशनबाट समाजले नयां नेतृत्व पाउने छ । समाजका करीव ८० जना आजीवन सदस्य रहेका छन ।

“समाजको नेतृत्व चयन हालसम्म सहमतिकै आधारमा भइरहेकाले निर्वाचनमा हालसम्म पुग्नु परेको अवस्था छैन । यसपालीपनि निर्वाचनमा जानुपर्ने अवस्था आउदैन होला भन्ने लागेको छ । ” एडिलेड नेपाली समाजका सचिव राजेश अधिकारीले अनलाईन एडिलेडसँग भने । “तर समाजिक संस्था भएकाले कुनैपनि पदमा एकभन्दा बढी व्याक्तिले इच्छा जाहेर गरेको खण्डमा संस्थाको विधानबमोजीम स्वत प्रजातान्त्रिक पद्दतिबमोजीम नेतृत्वचयन हुनेछ ।” उनले थपे । 

सन् २०१२ को डिसेम्बरमा सर्वदा घिमिरेको अग्रसरतामा दर्ता भएको एडिलेड नेपाली समाज एडिलेडमा हाल क्रियाशील रहेका नेपाली संस्थाहरुमध्ये सबैभन्दा  पुरानो नेपाली सामुदायीक संस्था हो । एडिलेड नेपाली समाजले अष्ट्रेलिया डे परेडमा नेपली समुदायको प्रतिनिधित्व, तीज, तीहारलगायतका पर्वहरुमा बिभिन्न कार्यक्रमहरु गर्ने लगायत नेपालमा आउने प्राकृतिक प्रकोपलगायतका संकटमा सहयोग संकलन गर्ने गरेको छ ।

Leave a Reply