नेपालको बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा साउथ अष्ट्रेलियामा शोकसभा सम्पन्न

२५ अगष्ट २०१७, एडिलेड- करिब दुइ साताअघि नेपालमा अविरल बर्षाका कारण आएको बाढीमा ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै साउथ अष्ट्रेलियामा शोकसभा गरिएको छ । गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा शोकसभा गसम्पन्न भएको हो ।  शुक्रवार, २५ अगष्टमा साँझ ५:३० बजेदेखी मैनबत्ति बालेर ग्लेनेल्ग बिचमा शोकसभा गरिएको हो ।

“स्वदेशलाई दुख्दा प्रवासलाई पनि दुख्छ । यो दुखमा ऐक्यवद्दता जनाऔं र सक्दो सहयोग गरौं । “ संघले भनेको छ ।

पुर्बी नेपालमा गतसाता आएको बाढीका कारण करीब २०० जनाको ज्यान गएको थियो । पुर्वी नेपालका २६ जिल्लामा बाढीका कारण ७ हजारभन्दा बढी परीवार बिस्थापित भएको नेपाल सरकारले बताएको छ ।

बाढी पिडितका लागी गैर आवाशीय नेपाली संघले विश्वब्यापी रुपमा सहयोग संकलनपनि गरिरहेको छ । सहयोग संकलनसगै तराईमा सहयोग वितरणको कामलाईपनि पछिल्लो समयमा तीब्र बनाएको छ । गैर आवाशीय नेपाली संघ अष्ट्रेलियालेमात्र अष्ट्रेलियन डलर ३० हजार संकलन गरिसकेको छ ।

Leave a Reply