बाढीपिडितका लागी एनआरएन अष्ट्रेलियाले २५ हजारबढी संकलन, राहत वितरण शुरु
शुरुभयो राहत वितरणपनि
२५ अगष्ट २०१७, एडिलेड- गैर आवाशिय नेपाली संघ, अष्ट्रेलियाले बाढीपिडितका लागी अष्ट्रेलियन डलर २५ हजारबढी संकलन गरेको छ । अष्ट्रेलियाभरबाट हालसम्म २५१ जनाले सहयोग गरेका छन । बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले विश्वब्यापी रुपमा आफ्नो संघको आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ सहयोग गरेका थिए ।
सहयोग रकम संकलनसगै राहत वितरणको काम पनि शुरु भइसकेको अनलाईन खवरले लेखेको छ । खबरका अनुसार संघले एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री रहेको राहत प्याकेज बितरण गरेको छ । प्रति प्याकेज झण्डै ६ हजार रुपैयाँ खर्च भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।
राहत बितरणका लागी आएको टोलीमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, आईसीसी सदस्य जमुना गुरुङ लगायत रहेका छन । पहिलो दिन मंगलवार ६ सयभन्दा बढीलाई राहत वितरण गरेको टोलीले दोस्रो दिन सप्तरीको अर्को प्रभावित क्षेत्र औरहीमा एनआरएनले बुधबार झण्डै २ हजार परिवारलाई राहत बितरण गगरेको थियो ।
यता साउथ अष्ट्रेलियामा पनि सहयोग संकल तीब्र बन्दै गएको गैर आवाशिय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसीले दिएका छन । “संस्थाहरु मिलेर संकलन गरिरहनुभएको छ । एडिलेड नेपाली समाज,एडिलेड नेपाली क्रिकेट एसोसिएसनबाट सहयोग रकम उपलब्ध भइसकेको छ । किरात एसोसिएसनलगायतका अन्य संघसस्थाहरुबाट संकलन भइरहेको जानकारी प्राप्त भएको छ । अर्को केहीसमयसम्म हुने कार्यक्रमहरु च्यारीटिमय रहेका छन । राहत वितरण शुरु भइसकेकाले साउथ अष्ट्रेलियाबाटपनि राम्रै सहयोग संकलन हुने हामीले विश्वास लिएका छौं ।” केसीले अनलाईन एडिलेडसँग भने ।
राहत वितरणसगै एनआरएनएले प्रभावितहरुको स्वास्थ अवस्थामा मध्यनजर गर्दै स्वास्थ्य शिविर पनि सुरु गरेको छ ।


Leave a Reply