राष्ट्रिय आविष्कार केन्द्रका लागी एडिलेडबाट उठ्यो एकैदिनमा पाँचहजार डलर

९ अगष्ट २०१७, एडिलेड- नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माणार्थ सहयोग संकलन गर्दै हिडेका शिक्षक तथा वैज्ञानिक डां महाविर पुनको सहयोगका लागी भएको कार्यक्रममा बुधवार एकैदिनमा अष्ट्रेलियन डलर पाँचहजार भन्दा बढी रकम संकलन भएको छ । गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको भर्खरै निर्वाचित समितिको आयोजनामा अपह्रान्न ४ बजेदेखी ६ बजेसम्म भेटघाट एवं अन्तरकृया कार्यक्रम राखेको थियो ।

अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै डा. पुनले रकम आविष्कार केन्द्रका लागी नभइ १० मेघावाटको  जलविद्युत आयोजनाका निर्माणका लागी संकलन गरिएको बताए । राष्ट्रिय आविष्कार केन्द्रको खर्च सहयोग संकलन गरेर धान्न नसकिने बताउदै पुनले संकलित रकमबाट निर्माण गरिने जलविद्युत आयोजनाबाट हुने आम्दानीले केन्द्रको खर्च धान्ने जसले गर्दा केन्द्रले निरन्तर रुपमा अनुसंधानको कार्यहरु संचालन गरिरहन सक्ने स्पष्ट पारेका थिए । सर्वसाधारणलाई सेयर वितरण गरेर जलविद्युत आयोजना किन गर्न सकिदैन त भन्ने लीला पुरीले नेपाल अष्ट्रेलिया समाचारको प्रत्यक्ष प्रशारणमार्फत सोधेको प्रश्नको जवाफ दिदै पुनले जलविद्युत आयोजनाको उदेश्य नेपालको लोडसेडिङ मुक्त पार्ने र सेयर होल्डरलाई लाभाशं दिने नभएर राष्ट्रिय अनुसंधान केन्द्रको खर्च धान्ने भएकाले त्यसो गर्न नसकिने बताए । 

सरकारबाट केकस्ता सहयोग पाउनुभएको छ भन्ने उपस्थितको एक प्रश्नमा पुनले सरकारका तर्फबाट प्रसस्त आश्वासनहरु पाएको तर चार बर्षसम्मपनि  केवल आश्वासनहरु मात्र पाईरहेपछि जनतासमक्ष आएको बताए । सरकारले यस्तो महान कार्य आफैले नगरेर सर्वसाधारणलाई त्यो अवशर प्रदान गरेकाले सवैले सरकारलाई धन्यवाद दिनुपर्ने पुनको धारणा रहेको थियो ।

कार्यक्रमपछि निकै खुसी मुद्रामा देखिएका गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजक अशोक केसीले सोचेभन्दा राम्रो संकलन भएको प्रतिक्रिया दिए । “भुकम्प गएको बेलाजस्तो मानिसहरु भावनात्मक बनेको समय यो होइन । देशको विकाशका लागी अनुसंधान गर्ने केन्द्र निर्माणका लागी एडिलेडजस्तो अत्यन्त थोरै नेपालीहरु रहेको सानो शहरबाट एकै दिनमा पाँच हजार डलर संकलन हुनु भनेको ठुलो कुरा हो ।” केसीले अनलाईन एडिलेडसँग भने ।

करीव २ हप्तासम्म संकलनको कार्यक्रम खुल्ला रहने भएकाले थप त्यति नै रकम संकलन हुनसक्ने संघका सहसचिव चन्द्र कुवरको विश्वास रहेको बताए । साउथ अष्ट्रेलियाबाट राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा सहभागी हुन चाहनेले गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाका पदाधिकारीहरुसँग सम्पर्क राखी सहयोग गर्न सकिेने छ ।

भेटघाट तथा अन्तरकृयाको कार्यक्रमपछि डिनरको कार्यक्रम राखिएको थियो । कार्यक्रमको अध्यक्षता संघका संयोजक अशोक केसीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक महाबाणिज्यदुत दिपक धमला   र विशेष अतिथि  र डा. महाविर पुन रहेको उक्त कार्यक्रमको संचालन इन्दु भट्टराईले गरेकि थिइन ।

Leave a Reply