एडिलेडबाट तीजको मैझारो गर्दै एडिलेड नेपाली समाज

तीजका मौलिक गीतहरु सुन्न पाइने

७ अगष्ट २०१७, एडिलेड- यसपाली एडिलेडमा नेपाली समुदायको तर्फबाट भएको तीजको अन्तिम कार्यक्रम एडिलेड नेपाली समाजले गर्ने भएको छ । एडिलेडमा हुने चौथो कार्यक्रमसँगै नेपाली समुदायका तर्फबाट हुने यो अन्तिम सामुदायीक तीज कार्यक्रम हुनेछ । कार्यक्रमलाई सेज होम लोन्स र प्यासिफिक एजुकेशन तथा भिसा सर्भिसेस एडिलेडले मुख्य प्रायोजन गरेका छन ।

पहिलो तीजको कार्यक्रम एडिलेड नेपालको आयोजनामा गायकहरु खुमन अधिकारी, देवी घर्ती, रमीला न्यौपाने र नायीका बर्षा राउतको साथमा ३० जुलाईमा गुडवुड कम्युनिटि सेन्टरमा, दोस्रो चन्द्र सुर्य इभेन्ट्सको आयोजनामा गायीकाहरु सिन्धु मल्ल र चन्दा अर्यालको साथमा ३ अगष्टमा लाट्भियन हालमा र तेस्रो नेपाली पाठशालाको आयोजनामा गायीका सुनिता दुलालको साथमा ६ अगष्टमा भियतनामी कम्युनिटि हलमा सम्पन्न भइसकेका छन । तीनै कार्यक्रम प्रवेश नि:शुल्क रहेका थिए । नेपाली पाठशालाले त निशुल्क दरको समेत व्यवस्था गरेको थियो । 

दक्षिणी एडिलेडमा नेपाली नारीहरुलाई समेटेर एडिलेड नेपाली समाजले हरेक वर्ष तीजको कार्यक्रमको आयोजना र दरखाने कार्यक्रम गर्दै आइरहेको छ । यस वर्षको तीजको कार्यक्रम समाजले १६ अगष्टमा अपह्रान्न ४ बजेदेखी क्लोभेल्ली पार्क मेमोरियल कम्युनिटि सेन्टरमा गर्न लागेको हो । प्रवेश शुल्क $१० कायम गरिएको उक्त कार्यक्रममा दरको पनि व्यवस्था गरिएको छ । नेपालबाट घुम्न आएका अभिभावकको भने प्रवेश शुल्क नलाग्ने बताईएको छ ।

“यसपाली हामी तीजका अत्यन्त पुराना मौलिक गीतहरुलाई हाम्रै दिदी वहिनीहरुको स्वरमा मौलिक बाजागाजाका साथमा पस्कने सोच बनाएका छौं ।” एडिलेड नेपाली समाजकि अध्यक्ष सन्तोषी गौतमले अनलाईन एडिलेडलाई बताइन ।

एडिलेड नेपाली समाज एडिलेडको दर्ता भएको हिसाबले सबैभन्दा पुरानो संस्था हो । सबैभन्दा पहिले दर्ता भएको “नेप्लिज अष्ट्रेलियन फ्रेनडसिप एसोसिएसन (नाफा)” निष्कृय रहेपछि समाज सबैभन्दा पुरानो संस्था बनेको हो ।

Leave a Reply