पराजुलीका कबिताले रसायो पर्थबासीको आँखा, नेपाली कविता लेखनमा नया धारको शुरुवात
२३ जुलाई २०१७, पर्थ- पश्चिम अस्ट्रेलियाको पर्थमा शनिवार भानु जयन्तिका अवसर पारेर कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भएको छ । सोलान्चरको आयोजनामा अष्ट्रेलियामा पहिलो पटक आयोजना हुँदै गरेको कबिता कन्सर्टलाई पर्थमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरले आयोजना गरेको थियो । कविता कन्सर्टमा कवि पराजुलीलाई बासुरीमा सम्यक महर्जन तथा किबोर्डमा स्थानीय प्रतिभा विभुषित घिमिरेले साथ दिएका थिए। कविता कन्सर्ट आयोजना गर्न अनेसासलाई नेप्लिज एसोसिएसन ओफ वेस्टर्न अस्ट्रेलियाले सहयोग गरेको थियो । कबी पराजुलीले बासुरी र किबोर्डको धुनमा एक पछी अर्को गर्दै आफ्ना कबिता वाचन गर्दै जादा सहभागीहरुका आँखा उत्तिकै रसाउदै गइेरहेका थिए । मिठो धुन सँगैको मन छुने रचना र वाचन शैलीले करिब ५५ मिनेट कार्यक्रम स्थल कबितामा चुर्लुम्म डुबेको थियो । कवि पराजुलीले आफ्ना हिट ५ कविताहरु सुनाउदा दर्शकदिर्घा अझै सुन्न चाहन्थे। समसामयिक नेपाली कविताहरुलाई नया प्रयोगका साथ सुरु गरिएको कविता कन्सर्ट पछि सहभागीहरुले अब बिस्तारै नेपाली साहित्यको स्तर वृद्धि हुनेमा शंका नरहेको प्रतिक्रिया दिए ।
अस्ट्रेलियाको काव्य यात्रामा पहिलो कन्सर्ट आयोजना भएको पर्थमा कवि पराजुलीले “हेब्बी बर्थडे”, “सगरमाथाको गहिराई”, “खोया”, “मोक्ष” लगायतका कविताहरु सुनाएका थिए । कविता कन्सर्ट अवधिभर कवि पराजुलीको प्रकाशित कृति “सगरमाथाको गहिराई” बिक्रीमा समेत राखिएको थियो । कार्यक्रमको सुरुमा नेप्लिज एसोसिएसन ओफ वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष आङ्ग दावा शेर्पाको स्वागत मन्तब्यसंगै भानु जयन्ति सुरु भएको थियो, जहा स्थानीय कवि कलाकारहरुले आफ्ना सृजनाहरु बाचन गरेका थिए । भानु जयन्ति मनाउदै कवि पराजुलीलाई सुन्न रिभरभेल कम्युनिटी हाल खचाखच भरिएको थियो ।
अन्त्यमा अनेसासका अध्यक्ष गणेश घिमिरे तथा उपाध्यक्ष निरज क्षेत्रीले पाहुनाहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम संचालन कमल सिलवालले गरेका थिए । पर्थ सँगै कबिता कन्सर्ट अष्ट्रेलियाका अन्य शहरहरु सिड्नी, क्यान्बेरा, ब्रिस्बेन, एडिलेड र मेल्बर्नमा क्रमै सँग आयोजना हुँदैछ।
पर्थपछि २३ जुलाईमा सिड्नी, २८ जुलाईमा ब्रिसबेन, ३१ जुलाईमा एडिलेड र ५ अगष्टमा मेलवर्नमा पराजुलीको कविता वाचनको कार्यक्रम रहेको छ । एडिलेडमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज
को आयोजनामा कर्यक्रम हुदैछ भने कार्यक्रमलाई मुख्य रुपमा स्पोन्सर e-planet Adelaide ले गरेको छ ।


Leave a Reply