एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारण सभा भोली, महाविर पुनले सम्वोधन गर्ने
२१ जुलाई २०१७, ब्रिसवेन- गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाको सातौं वार्षिक साधारण सभा शनिवार ब्रिसवेनमा हुदैछ । सभा 86 Hawthorne Rd, Hawthorne QLD 4171 मा हुने बताइएको छ । सभामा सस्थाको गएको २ बर्षमा भएको कार्यहरुको प्रतिवेदन, आर्थीक प्रतिवेदन (राष्ट्रिय र राज्यसमितिहरुको), तथा समबन्धित अन्य विषयवस्तुहरुमा छलफल हुने वुझिइको छ । सभामा सदस्यता दर्ता प्रक्रियामा सुधार, महिला समुह (नारी निकुञ्ज), कल्याणकारी कोष, राज्यसमिति दर्ताका बिषयमा छलफलहरु हुनेछन भने संस्थाको विधान संसोधन गर्न समिति समेत बन्न सक्ने श्रोतले बताएको छ । सभाले संस्थाको सवैभन्दा विवादित बिषय सदस्यता दर्ता विवाद समाधान गर्न ठोस निर्णय गर्ने संभावना रहेको छ । संस्था राज्यस्तरमा हालसम्म दर्ता नभएकाले राज्यसमितिहरुको कानुनि हैसियत कायम हुन नसक्दा सम्पुर्ण सस्था केही व्याक्तिहरुसँग डराएर बस्नुपर्ने अवस्थाको यस सभापछि अन्त्य हुने विश्वास गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्न राष्ट्रिय सुचना केन्द्रका नेतृत्वकर्ता महाविर पुन यसअधि नै अष्ट्रेलिया आइसकेका छन । सभा ब्रिसबेनको स्थानिय समयअनुसार बिहान १०:३० देखी अपह्रान्नको ४:३० सम्म चल्नेछ भने साँझमा गाला डिनरको आयोजना हुने छ ।
Leave a Reply