साउथ अष्ट्रेलियामा बढ्दै एनआरएनएको चुनाबी गर्मी

अन्तरद्वन्दका कारण कांग्रेस समर्थकहरु कमजोर

१३ जुन २०१७, एडिलेड- गैर आवासिय नेपाली संघ (एनआरएनए) को चुनाब नजिकिएसँगै साउथ अष्ट्रेलियामा चुनाबी गर्मी बढेको छ । एनआरएनए अष्ट्रेलियाले आफ्नो नया कार्यकाल २०१७-१९ का लागी जुलाई ८ २०१७ मा निर्बाचन घोषणा गरिसकेको छ भने फर्जी सदस्यता बारे प्रश्न उठाइरहेका पक्षधरहरुले भने सदस्यताबारेको चासोको उचित सम्बोधन नभए निर्वाचन नहुने जिकिरपनि गरिरहेका छन् । साउथ अष्ट्रेलियामा भने उक्त कुरालाई खासै वास्ता नगरिकन  सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ भने चुनाबी एजेण्डासहित भोट माग्ने क्रमपनि बिस्तारै बढिरहेको छ । प्राकृतिक रुपमा ठण्डि भएपनि चुनाबको गर्मी बढिरहेको देखिन्छ ।

एनआरएन अष्ट्रेलियाले साउथ अष्ट्रेलियाका लागी तीन प्रमुख पद थपेसँगै यसपाली एनआरएनए साउथ अष्ट्रेलिया संयोजक, उपसंयोजक, सचिब, सह-सचिब, कोषाध्यक्ष, युवा संयोजक र नारी निकुञ्ज संयोजक गरी ७ प्रमुख पदका लागी निर्बाचन हुनेछ ।सामाजिक सञ्जाललाई नै आधार मान्दा साउथ अष्ट्रेलियामा हालसम्म प्रमुख पदहरुमा संयोजकमा २ जना, उप-संयोजक पदका लागी २ जना, कोषाध्यक्षका लागी १ जना, सचिब पदका लागी  १ जना, उप-सचिबका लागी एकजना, युवा संयोजकका लागी २ जना र नारी निकुञ्ज संयोजकका लागी १ जनाले उम्मेद्वारी दिने देखिन्छ ।

१२ जुनसम्मको समाजिक सञ्जालमा गतिबिधि हेर्दा संयोजक पदका लागी अशोक केसी र प्रजीता गेलाल, उपसंयोजकमा रेणु लामा र नरेस खनाल, सचिब पदमा प्रकास पनेरू, कोषाध्यक्ष पदमा रजनेश श्रेष्ठ, सह-सचिब पदका लागी चन्द्र कुवर, युवा संयोजक पदका लागी सन्तोष चालिसे र देवराज कडेल तथा नारी नुकुञ्ज संयोजक पदमा इन्दु भट्टराईले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । यसैगरी साउथ अष्ट्रेलिया सदस्यका लागी आनन्द बखरेल, अशोक अधिकारी, सुपक अधिकारी र मनोज ढुङ्गानाले उम्मेद्वारी दिने बताएका छन भने एनआरएनए अष्ट्रेलियाका लागी नबिन सागर शर्माले उम्मेद्वारी दिने बताएका छन् । यसमध्ये घेरै चुनाबी एजेण्डासहित आएका छन भने केहीको खास एडेण्डा केही देखिदैन ।

बिभिन्न पदमा उम्मेद्वारी घोषणा गर्नेहरुको एजेण्डाहरुका आघारमा तल चर्चा गर्न खोजीएको छ ।

संयोजक

अशोक केसी:

करीब एक दशकदेखी अष्ट्रेलिया बसेका केसीले सामुदायिक रेडियोका माध्यमबाट समुदायसेवामा प्रवेश गरको, अष्ट्रेलिया डे परेडको माध्यमबाट नेपाली समुदायलाई अष्ट्रेलियन तथा अन्य समुदायसँग जोड्ने कार्यको सुत्रपात गरेको, एडिलेड नेपाली समाजको शुरुमा सदस्य र पछि सचिब पदका माध्यमबाट साउथ अष्ट्रेलियामा नेपाली कला-संस्कृतिलाई स्थापित गरेको, महोत्तरीमा मुसहर बस्तिनिर्माणका लागी सहयोग संकलन कार्यको संयोजन गरेर नेपाली र साउथ अष्ट्रेलियन नेपाली समुदायलाई जोड्न सहयोगी भुमीका खेलेकोलगायतका कामहरु गरेको आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन । यसका साथै संयोजक पदमा निर्वाचित भएको खण्डमा देहायका काम गर्ने प्रतिवद्दता (जस्ताको तस्तै) समेत गरेका छन् ।

  • साउथ अष्ट्रेलियामा नेपाली धार्मीक तथा सांस्कृतिक पहिचान झल्कने साथै सम्पुर्ण जातजातिका नेपालीभाषिहरुले गर्व गर्नसक्ने खालको सामुदायिक सम्पदाको निर्माणार्थ ठोस कार्ययोजना बनाई आगामी कार्यकालभित्रमा उक्त कार्यको शुरुवात गर्ने
    • एडिलेडमा रहेका सम्पुर्ण नेपाली जातजाति, भाषा, भेषभुषा, तह र तप्काका मानिसहरु सकेसम्म समेट्दै सहकार्य गर्ने
    • सवल नेतृत्वको माध्यमबाट एडिलेडका सम्पुर्ण नेपाली संघ सस्थाहरुले छाता संगठनका रुपमा सहर्ष स्विकार्ने किसिमको वातावरण सिर्जना गर्ने (साउथ अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली संघसस्थाहरुलाई आफ्नो उदेश्यअनुरुपका गतिविधिहरु गर्नका लागी प्रोत्साहन तथा गैर आवाशिय नेपाली संघका तर्फबाट हुनसक्ने सबैखालका सहयोग गर्दै)
    • साउथ अष्ट्रेलियामा नेपाली समुदायको उत्थान तथा अन्य समुदायसँग सम्बन्ध स्थापना तथा विस्तारमा उल्लेख्य योगदान पुर्याउने साथै नेपाली समुदायको पहिचानलाई प्रवर्दन गराउन सफल विभिन्न विधाका व्याक्तित्वहरुलाई वार्षिक रुपमा सम्मान गर्ने
    • गैर आवाशिय नेपाली संघको उद्देश्य अनुरुप साउथ अष्ट्रेलियामा बस्ने नेपालीहरुको लगानीलाई नेपालमा प्रोत्साहन गर्ने तथा नेपालको पर्यटन विकाशका निमित्त ठोस पहल कदमि गर्नका लागी प्रभावकारी कार्यक्रमहरुमार्फत निर्णायक भूमिका निर्वाह गर्ने ।
    • साउथ अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुलाई सम्बोधन गर्ने गैर आवाशिय नेपाली संघको शाखालाई ससक्त बनाउदै विविध कारणले मानसिक लगायतका समस्यामा परेका विद्यार्थीहरुलाई पहिचान गरी सो क्षेत्रमा दक्ष स्वयंसेवकहरु परीचालन गर्दै समस्यालाई निराकरण गर्ने दिशामा अघि बढ्ने
    • नेपाली समुदायको अष्ट्रेलियन सरकार (स्थानिय र राज्य) तथा अन्य समुदायसँगको सम्बन्धलाई अझ बिस्तार गर्दै समुदायको पंहुच बढाउन प्रभावकारी भुमिका निर्वाह गर्ने

प्रजिता गेलाल:

आफुलाई ‘झुमि-झुमि गर्ल’ भन्दै गेलालले आफ्नो देशको नाम राख्न, संस्कृति बचाउन, समाजसेवाको सहभागीता, समुदाय हीतका लागी सबैसँग हरदम मिलेर काम गरेको, समुदायमा आफुलाई चित्त नबुझेको बिषयमा हरदम खुलेर बोलेको, सवै संस्थाहरुसँग हातेमालो गरेर हिड्ने प्रयास गरेको बताउदै सवैकुरा फेसबुकमा राख्नपर्नेजस्तो आफुलाई नलाग्ने बताएकि छन् । यसका साथै संयोजक पदमा निर्वाचित भएको खण्डमा देहायका काम गर्ने प्रतिवद्दता (जस्ताको तस्तै) समेत गरेकि छन् ।

१ .मलाई बिस्वाश गर्नुहोस, मलाई लाग्छ मान्छेले गर्न नसक्ने केहि हुदैन, अझ मत नारी मान्छे हु,जसलाई ईश्वर ले नि विश्वास गरेर धेरै आश्चर्य जनक कुरा गर्न सक्ने बनाउनु भएको छ।एक नारी कयौ कष्टहरु सह्रेर मानव सृजना जस्तो कार्य गर्न सक्छ भने NRNA SAको CO- ORDINATOR हुन यहॉहरुको साथ रहे म किन नसकौला??

२. समाजका सबै जना कसैलाई नछुटाई, मेरो मात्र समूह नबनाएर, समाज को सबै लाइ एउटई नेपाली छाता बनाएर तेइ नेपाली छाता मुनि राखेर, सबै संघ संस्था संघ हातेमालो गरेर, आफ्नु सबै नेपाली हरुको सबै भाषा भासी को चाड पर्व, संस्कृति जोगाउने काम, नेपाल चिनाउने काम सधै गरेकैहु र गर्नेछु!

३. कुनै बाटो घाटो बनाउनु पर्ने बजेट कहिँ कतै बाट लियाउनुपर्ने हैन, बनाउनु पर्ने हैन, सबै साउथ अस्ट्रेलिया बासी र यहाँ को सबै संघ संस्था संग हातेमालो गरेर सधै हिडेकैहु, सधै हिड्ने छु! समाजमा सधै हितको काम गरेकैहु र गर्नेछु!

४. नेपाल बाट आएका विद्यार्थी हरु को issue सबै भन्दा ठुलो हो, उहाहरु लाई सहायोग गर्नु पर्ने र सिकाउनु पर्ने, मद्दत गर्नु पर्ने कुरा खुलस्त कुनै स्वार्थ नराखी गरिराखेकैहु, गर्नेनैछु!

५. सधै झैँ झुटो नबोलि, सहिलाई सहि गलत् लाई गलत निडररतापुर्वक आफ्नु फाइदा, घाटा नहेरी आफ्नु लागि हैन समाज को हितको लागि बोलेकै हु, बोल्नेछु! तपाई हरुलाई थाहैछ, समाज मा गलत, अन्याय हुदा मैले समाजको सबै को प्रतिनिधित्व गर्दै गलत भो भनेर, बोलेर धेरै गलत कुरा हरु सच्याउन मदत पुगेकोछ, सचिएकोछ! भबिस्यमा पनि तेसरिनै गलत हुदा सधैझैँ आवाज उठौनेछु!

मलाई यो चोटी पनि विश्वास गर्नुहोस! सधैझैँ तपाई हरु को विश्वास, माया र सपोर्ट पाएपछि म जेपनि गर्न सक्छु, तेस्ले मलाई एकदमै प्रोत्साहित गराउछ र येस्पलिको NRNA साउथ अस्ट्रेलिया को चुनाब म़ा म़ आफ्नु लाइ CO-ORDINATOR मा नोमिनेशन दिदैछु! धन्यबाद,

उप–संयोजक

उप-संयोजक पदमा रेणु लामा र नरेस खलानले उम्मेद्वारी दिने बताएका छन् ।

रेणु लामा:

 

शुरुका दिनमा निकै कमको संख्यामा नेपालीहरु रहेको एडिलेड शहरमा नेपालीहरुको संख्यात्मक वृद्दिसँगै सांस्कृतिक रुपमा नेपाली समुदायलाई स्थापित गर्नसक्नु चुनौति रहेको औंल्याउदै सबैको साथ पाएको खण्डमा नेपाली पहिचानलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउदै लैजाने बताउदै संयोजक पदमा निर्वाचित भएको खण्डमा देहायका काम गर्ने प्रतिवद्दता (जस्ताको तस्तै) समेत गरेकि छन् ।

  • स्थानिय समाजले हाल ऊठान गर्दै आएका कम्यूनिटी सेन्टर तथा बहूधार्मिक आस्थाका केन्द्रहरूको स्थापनाको अलाबा केन्दिय तथा अन्तर राष्ट्रीय स्तरीय गैर आवासीयहरूको उद्देश्यको प्राप्तिका निमित्त तपाईहरूले देख्नु भएको संभावनाहरूलाई मूर्त रूप दिनको लागि हर प्रयास म अग्रपंतीमा हातेमालो गर्न चाहान्छु।
  • राज्य स्तरीय कार्यक्रमहरूमा बिबिध संघ संस्थाहरूले गर्दै आईरहेका महिला स्वास्थ्य तथा जनचेतनाका कार्यक्रमहरूमा आवश्यक सहकार्य गर्दै, उपलब्ध प्रबिधिको उच्चतम प्रयोग गरि मातृभूमि सम्म सेवा गर्ने संभावनाको अध्ययन गर्दै कार्यान्वयनमा विशेष पहल गर्न चाहान्छु।
  • यस्ता बृहतहितका कार्यहरूलाई बिबिधतामा एकता ल्याई, आपसी सामाजिक मेलमिलापका साथ ब्यक्तिगत स्वार्थ भन्दा माथि उठ्दै बृहत् सामूहिक र सांगठनिक स्वरूप निर्माणको लागि म योगदान पुर्याउने चेष्टा गर्दैछु।
  • माथि उल्लेखित कार्यहरू मैले एडिलेड नेपाली समाजको स्थापना काल देखि नै सामाजिक हैसियत मा रहेर र अन्य अबसरहरूमा ब्यक्तिगत तहबाटै सामाजिक हितको लागि गर्दै आएकि छु र यसको मूल्याँकन गर्ने ज़िम्मेवारी पनि तपाईहरूलाई नै छौड्दै अझै पनि समाजलाई या भनौ नयाँ पिँढीका लागि केहि गर्न ब्यक्ति भन्दा माथि सामाजिक ज़िम्मेवारी ग्रहण गर्दै NRNSA मा उपाध्यक्ष (vice coordinator) पदकों लागि ऊम्मेदबार घोषणा गर्दैछु।

अन्तमा, म समाजमा भैरहेका तथा हुने समस्या हरूको हल सबै एक्लैले गर्छु भन्दिन तर यति चाहि भन्न र गर्न सक्छु कि उल्लेखित कुराहरू गर्न तथा समाजमा परि आउदा तपाईहरूलाई आफू एक्लो भएको महशुस कहिल्यै हुन दिने छैन ।

नरेश खनाल:

उप‍संयोजक पदमा उम्मेद्वारी दिएका खनालले आफु एक दशकदेखी साउथ अष्ट्रेलिया बसेको तथा प्रत्यक्ष र अप्रतक्ष रुपमा साउथ अष्ट्रेलियाको समुदायमा योगदान गरेको कुरा बताएका छन । विश्वको सर्वोच्व सिखर सगरमाथा र शान्तिका अग्रदुत गौतम वुद्दको भूमीका हामी नेपाली जहाँ छौ हाम्रो गर्व र पर्वलाई कायम राख्दै संसारभर छरिएका नेपालीहरुलाइ एउटै मालामा उन्न वा संगठित गर्नलाई सहयोगी भूमिका खेल्ने बताउदै झुटा आश्वासन नदिइकन बिजयी भएको खण्डमा आफुलेसकेको काम गर्ने उल्लेख गरेका छन् ।

सचिब

सचिब पदमा हालसम्म प्रकाश पनेरुले मात्र उम्मेद्वारी दिने घोषणा गरेका छन ।

प्रकाश पनेरु:

 सचिबको उम्मेद्वारी दिन पाउदा गर्व महशुस गर्दै आफ्नो फेसबुक पेजमा देहायका कुराहरु उल्लेख गरेका छन (जस्ताको तस्तै) ।

हामी सबैको साझा संस्था “गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया”को सत्र २०१७ -१९ को सचिब पदमा मैले उम्मेदबारी घोसणा गर्न लागेको कुरा यहाँहरु माझ सुनाउन पाउदा खुसि सहित अझै जिम्मेवारी महसुस गरिरहेको छु । यहाँ रहेको नेपाली समाजको सामाजिक रुपान्तरणको लागि युवा सहभागिता गराउदै यस अभियानलाई अझै सशक्त रुपले अगाडी बढाउन पर्ने समय पक्कै पनि आएको हामी सबैले आभास गरेका छौ । त्यहि आभासलाई आत्मसाथ गर्दै पछिलो समय दिन प्रति दिन हुर्कदै गरेको नेपाली समुदायमा आकार संगै थपिएका चुनौतीहरुलाई रचनात्मक रुपले केलाउदै कार्ययोजना तर्जुमा गरि ति बिषयहरुमा नेपाली समाजको आवाजलाई बुलन्द गर्ने अठोटका साथ यो निर्णय लियको छु ।

संगै , अस्ट्रेलियामा नेपाली र नेपालीको पहिचान स्थापित गर्न ठुलो भूमिका खेलीरहेको हाम्रो पहिलो पुस्ताले यहाँ हुर्कदै गरेको हामी पछिको पुस्तालाई संगै डोराउदै हाम्रो कला , संस्कृति र पहिचानको बारेमा अझै प्रभाबकारी रुपले अगाडी बढाउनु पर्ने समयको माग प्रति पनि आफ्नो क्षेत्र बाट कटिबद भएर लाग्ने यहाँहरु माझ बिश्वस्त पार्दछु। यसका साथै हामीले यहाँहरु सम्पूर्णको साथमा यस कार्यकालमा गर्न सकिने योजनाहरु यहाँहरु माझ राख्दछु ।

साउथ अष्ट्रेलियामा नेपाली धार्मीक तथा सांस्कृतिक पहिचान झल्कने साथै सम्पुर्ण जातजातिका नेपालीभाषिहरुले गर्व गर्नसक्ने खालको सामुदायिक सम्पदाको निर्माणार्थ ठोस कार्ययोजना तर्जुमा गरि आगामी कार्यकालभित्रमा उक्त कार्यको प्रारम्भ गर्ने।
संस्थागत एकता सहित यहाँ रहेका सम्पूर्ण संस्थाहरुलाई गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाको तर्फ़ देखि हरेक अभियान र कार्यक्रमहरुमा सहयोग गर्ने ।
साउथ अष्ट्रेलियामा नेपाली समुदायको उत्थान तथा अन्य समुदायसँग सम्बन्ध स्थापना तथा विस्तारमा उल्लेख्य योगदान पुर्याउने साथै नेपाली समुदायको पहिचानलाई प्रवर्दन गराउन सफल विभिन्न विधाका व्याक्तित्वहरुलाई वार्षिक रुपमा सम्मान गर्ने।

गैर आवाशिय नेपाली संघको उद्देश्य अनुरुप साउथ अष्ट्रेलियामा बस्ने नेपालीहरुको लगानीलाई नेपालमा प्रोत्साहन गर्ने तथा नेपालको पर्यटन विकाशका निमित्त ठोस पहल कदमि गर्नका लागी प्रभावकारी कार्यक्रमहरुमार्फत निर्णायक भूमिका निर्वाह गर्ने ।

साउथ अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुलाई सम्बोधन गर्ने गैर आवाशिय नेपाली संघको शाखालाई ससक्त बनाउदै विविध कारणले मानसिक लगायतका समस्यामा परेका विद्यार्थीहरुलाई पहिचान गरी सो क्षेत्रमा दक्ष स्वयंसेवकहरु परीचालन गर्दै समस्यालाई निराकरण गर्ने दिशामा अघि बढ्ने।
नेपाली समुदायको अष्ट्रेलियन सरकार (स्थानिय र राज्य) तथा अन्य समुदायसँगको सम्बन्धलाई अझ बिस्तार गर्दै समुदायको पंहुच बढाउन प्रभावकारी भुमिका निर्वाह गर्ने।
यहाँ हुर्कदै गरेको दोस्रो पुस्ताको निम्ति कला , संस्कृति र पहिचानको बारेमा सिकाउनको निम्ति अझै प्रभाबकारी भूमिका खेल्ने ।

माथि उल्लेखित योजनाहरुलाई मुर्तरुप दिनको निम्ति यहाँहरुको सहयोग , साथ र समर्थन हुनेछ भन्नेमा पूर्ण आशाबादी छु।

कोषाध्यक्ष– रजनेश श्रेष्ठ

18588905_10154949069297740_4364819169169288945_oगैर आवाशिय नेपाली संघ, साउथ अष्ट्रेलियाको कोषाध्यक्षको पदमा रजनेश श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

बिघार्थी जीवनबाट स्थाई बासिन्दा हुदा सम्म आएपर्ने समस्याहरुलाई सामुदायिक रुपमानै सम्बोधन गर्नुपर्ने भन्दै यीनै  समस्या समाधानका लागि पहल गर्न गैर आवाशिय नेपाली संघजस्तो साझा संस्थामा  बसि प्रभावकारी रुपमा पहल गर्न उम्मेद्वारी दिएको बताएका छन । उनका प्रतिबद्दताहरु निम्न छन् ;

मेरो प्रतिबद्धताहरु:-
१) NRNA SA ले गर्ने हरेक क्रियाकलापलाई पूर्ण रुपमा अार्थिक पारदर्शी बनाउने छु।
२)NRNA काे अहिलेकाे सदस्य बन्ने परिपाटी परिवर्तन गरि सहज तरिकाले चाहेकाे समयमा सदस्य बन्न पाउने व्यवस्था मिलाउन प्रयत्न गर्नेछु ।
३) दक्षिण अष्ट्रेलियन समुदाय बाट उठेकाे रकम, यहीकाे समुदायकाे हितकाे लागि खर्च गर्नेछु।
४)दक्षिण अष्ट्रेलियामा रहेका सम्पूर्ण संघ संस्था सँग मिलेर काम गर्नेछु ।
५) म सधै नेपाली समुदाय प्रति NRNA काे बिधि र बिधानमा रहेर NRNA SA ले गर्ने हरेक कार्यकाे लागि जवाफदेही रहनेछु।
६) NRNA संस्था प्रति बिध्यमान बितृस्णा हटाई सम्पुर्ण समुदायका सदस्यहरुले हाम्रो भनी गाैरव गर्न सक्ने संथाकाे रुपमा विकास गर्नेछु।

सह–सचिब-   चन्द्र कुवर:

आफुले विद्यार्थी जीवन भोगाइका अनुभव साट्दै कुवरले आफुले विद्यार्थीहरुलाई रोजगारीमा केही वर्षदेखी निरन्तर रुपमा सहयोग गर्दै आइरहेको बताएका छन । कुवर एनआरएनए साउथ अष्ट्रेलियाको गत निर्वाचनमा सदस्यमा पराजीत भएका थिए । यसरी विद्यार्थीका लागी संगठनिक रुपमा केही गर्ने इच्छा जाहेर गर्ने कुवरले समुदायले आफुलाई सह-सचिबको जिम्मेवारी दिएको खण्डमा तपसिलका कामहरु गर्ने उद्घोष गरेका छन ।

१. दशै, तीहार लगायतका राष्ट्रिय चाडपर्बका अलावा उधौंलि, उभौंली, लोछार, महपुजा लगायतका जातीय चाडपर्वहरुको उथ्थानमा जोड दिदै साउथ अष्ट्रेलियाको बहु सांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थितिलाई अझ प्रभावकारी एवं बिस्तृत बनाउने
२. नेपालमा पर्यटन बिकासका लागि बुक्लेट, पम्प्लेट वितरण लगायतका अन्य प्रभावकारी योजनाहरु तर्जुमा गरी कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेल्ने

३. विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुका लागी बनेको Student Welfare Fund को उपयोगीतालाई बिस्तार गर्न बिशेष पहल गर्ने

४. साउथ अष्ट्रेलियामा नेपाली धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने साथै सम्पुर्ण जातजातिका नेपालीभाषिहरुले गर्व गर्नसक्ने खालको सामुदायिक सम्पदाको निर्माणार्थ ठोस कार्ययोजना बनाई आगामी कार्यकालभित्रमा उक्त कार्यको शुरुवात गर्ने पहल गर्दछु।

चुनाब कि सहमति ?

 चुनाबमै जाने मानसिकतामा रहर हुनेहरुले यसरी धमाधम उम्मेद्वारी घोषणा गरिरहदा एक बर्षअघि एडिलेडमा गठन भएको नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिले भने सहमति गरेर नेतृत्व चयन गरिनुपर्नेमा जोड दिदै आइरहेको छ । जनसम्पर्क समितिले आफुहरुले सहमतिका लागी निकै प्रयास गरिरहेको तर केही ब्याक्तिहरुले समुदायमा बिभाजन चाहिरहेको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष दिलिप पोखरेलले त फेसबुकमार्फत केही समयमा यसरी सहमति नचाहेहरुको नामनै सार्बजनिक गर्ने बताइरहेका छन् । उनले राजनितिक आस्था फरक रहेपनि अष्ट्रेलियाजस्तो सुन्दर देशमा श्रम गर्न आइसकेपछि नेपालीहरु सामुहिक रुपमा मिलेर अगाडि बढ्नुपर्ने भएपनि नेपाली समुदायमा बिभाजन हुदा फाइदा पुग्ने केही अगुवा भनाउदाहरु समझदारी गरी अगाडी बढ्ने कार्यका तगारो बनिरहेको आरोप लगाएका पनि को को यसरी तगारो बनिरहेको छ भनेर खुलाएका छैनन् ।

कांग्रेस समर्थकहरु किन एकजुट हुन सकिरहेका छैनन् ?

 साउथ अष्ट्रेलियामा हालसम्म नेपाली कांग्रेस समर्थकहरुले एकछत्र राज गरिरहेका थिए । पुरानो जन सम्पर्क समिति रहेरपनि सक्रिय रुपमा काम नगरिरहेको अवस्थामा गतबर्ष एक्कासि दिलिप पोखरेलले एक पत्र सार्बजनिक गर्दै आफ्नो नेतृत्वमा ‘जनसम्पर्क समिति’ गठन गर्न माथिवाट पत्राचार भएको भन्दै त्यसको केही दिनमा नै पुरानोको वास्तै नगरी नयां जनसम्पर्क समिति गठन गरेर एकाएक सक्रिय भए । केही बर्षदेखी अघोषित रुपमा सतह र सतह पछाडि रहेर स्थानिय स्तरमा राजनिति गरिरहेका नेपाली कांग्रेस समर्थकहरुलाई यो कुरा पटक्कै हजम भएरहेको थिएन । शुरुमा समन्वय गर्दै नगरेका यी दुइ समुहबिच नै आन्तरीक संघर्ष चलिरहेको छ । स्थानिय राजनितिमा यसबर्ष निष्कृय रहेर चुनाबमा कांग्रेस समर्थहरुको हारको कारण नवगठिन जनसम्पर्क समितिलाई दिलाउदै नेपाली कांग्रेसको बागडोर पुन आफ्नै हातमा फर्काउने दाउमा पुरानो नेत्तृत्व रहेको देखिन्छ भने नव गठित जनसम्पर्क समिति कुनै नै कुनै रुपमा गैर आवासिय नेपाली संघको नेतृत्वमा आफ्नो सम्मानजनक उपस्थिति देखाइ आफ्नो औचित्य पुष्टि गर्न चाहन्छ । नेपाली कांग्रेस समर्थहरुबिचको यस द्वन्दका कारण गैर कांग्रेसहरुलाई भने यसवाट परोक्ष फाइदा पुग्ने देखिएको छ ।

 किन कठिन छ सहमति?

नेपाली कांग्रेस समर्थकहरुबिचको छताछुल्ल अन्तर-संगर्षका कारण सहमति कठिन रहेको गैर कांग्रेस समुहको ठम्याई छ । नाम उल्लेख नगर्ने शर्तमा गैर कांग्रेस समुहका एकजना आधिकारीक ब्याक्तिले भने- “कांग्रेस समर्थकहरु बिचनै पनि जनसम्पर्क समितिले गरेको निर्णय सबैले मान्ने अवस्था नरहेको र अरुले गरेका निर्णयहरु जनसम्पर्क समितिले मान्ने अवस्था नदेखिएका कारण सहमतिका कुरा गरिए पनि सहमति गर्ने आधिकारीक ब्याक्ति भेट्टाउन कठिन रहेको अवस्था छ । ”
आफुहरु  बलियो अवस्थामा रहेको जिकिर गर्दै उनले थपे ” हामी उहाहरुको अवस्थामा भएको भए उहाहरु सहमतिका लागी तयार हुनुहुन्थ्यो कि हुनुहुन्थेन यो अर्को गम्भिर प्रश्न हो ।”

 

 

 

 

Leave a Reply