ग्लेनेल्ग फुटबल क्लबको मल्टिकल्चरल महिनामा नेपाली समुदायलाई निमन्त्रणा
८ जुन २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा नेपाली समुदायको प्रभाव चारैतिर बढ्दो छ । कला-संस्कृति, खेल तथा इमान्दारीताका माध्यमबाट नेपालीहरुले साउथ अष्ट्रेलियामा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । राज्यस्तरदेखी स्थानियस्तरसम्म नेपालीहरुले लगनसिलताका साथ आफ्नो समुदायको पहुच विस्तारमा कुनै कसर बाँकी छोडेका छैनन् । नेपाली सांस्कृतिक उत्सवहरुमा स्थानिय सरकारी निकाय तथा राजनितिज्ञलाई निमन्त्रणा गरेर होस् या त क्रिकेट, फुटबललगायतका खेलहरु खेलेर होस्, नेपालीहरु क्रमश: आफ्नो प्रभावविस्तारमा लम्किरहेछन् । स्थानियस्तरमा समेत पछिल्लो समयमा नेपालीसमुदायको पहुच विस्तार भएरहेको पुष्टि गर्दछ ग्लेनेल्गको एउटा फुटबल क्लबले नेपाली समुदायलाई निमन्त्रणा गर्नुले ।
जुन महिनालाई ‘साउथ अष्ट्रेलियन फुटबल लिग‘ ले बहुसांस्कृतिक महिनाका रुपमा मनाइरहेको छ । यसै सन्दर्भमा ग्लेनेल्ग फुटबल क्लबले २४ जुनमा गर्न लागेको बिशेष कार्यक्रममा नेपाली मौलिक तथा सांस्कृतिक प्रस्तुतिका लागी आब्ह्वान गरेको हो । उक्त दिन साउथ अष्ट्रेलियामा रहेका बिभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रस्तुति दिनेछन भने फुटबलप्रेमीहरुले फुटबल खेलको समेत मजा लिन सक्नेछन । ग्लनेल्ग फुटबल क्लबमा सहिष्णु दुत अबिशेक जोशीको माध्यमबाट जाने नेपालीहरुले नि:शुल्क प्रवेश पाउनेछन् । परम्परागत नेपाली नृत्यको माध्यमबाट नेपालको सांस्कृतिक प्रतिनिधित्व गर्न चाहनेहरुले ग्लनेल्ग फुटबल क्लबमा सहिष्णु दुत अबिशेक जोशी लाई सम्पर्क नम्बर ०४३० ४४० ४५३ मा समपर्क गर्न अनुरोध गरिएको छ ।
आफ्नु उपस्थिति र पहुच विस्तारमा प्रयासरत नेपाली समुदायका लागी स्थानिय क्लबको यो निमन्त्रणा निकै महत्वपुर्ण रहने नेपाली समुदायका बौदिकहरुले बताएका छन् । अष्ट्रेलियन सरकारले स्थायी बसोबासका लागी सामुदायिक सहभागीता अनिवार्य गरिसकेपछिको बर्तमान अवस्थामा कार्यक्रममा सहभागीता व्याक्तिगत रुपमा पनि निकै महत्वपुर्ण रहनेछ ।
Leave a Reply