मुसहर बस्ति मह जोडीबाट हस्तान्तरण

Key Handover१५ अप्रिल २०१७, काठमाण्डौ- धुर्मुस-सुन्तलि (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले तिन महिनाको छोटो अवधिमा नै महोत्तरीको बर्दिवासमा  रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माण सकेर बैसाख १ गते साचो मुसहर परिवारलाई हस्तान्तरण गरिएको हो ।  नेपालका बरिष्ठ हाँस्यब्यांगकलाकार तथा समाजसेवि जोडि मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र धुर्मुस-सुन्तलिका  बाबुआमाको हातबाट साँचो हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले सम्पुर्ण सहयोगी तथा सञ्चारकर्म हरुलाई बिशेष धन्यवाद दिदैं दिएका थिए । सबैको साथ र सहयोगबिना उक्त कार्य सम्भव नभएको भन्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिरहने बताएका छन ।

Deepak Lama&Dhurmuनेपालमा सन् २०१५ मा गएको भुकम्पपछीको पुन:निर्माणमा गरेको योगदानका कारण सिताराम कट्टेल तथा कुञ्जना घिमिरे विश्वभरका नेपालीहरुमाझ प्रसंशनिय बनेका छन् । उनिहरुले १९ र ६७ घर रहेको दुई बस्तिहरुको सफल निर्माणपछि हस्तानतरण गरिसकेका छन भने महोत्तरीमा रहेको निकै पिछडिएको मुसहर जातिका लागी बस्ति निर्माणार्थ जुटेका छन । पहिलाको संकलनबाट बचेको रकमले निर्माणको करीब २० प्रतिशत काम भएसकेको छ । मुसहरबासीहरुपनि उनिहरुको सहयोगका कारण निकै उत्साहित भएका खबरहरु प्राप्त भइरहेको छ भने युगौदेकी बिद्यालयको अनुहार नदेखेका मुसहर बस्तिका ९० प्रतिसतभन्दा बढी बालबालिका हाल विद्यालय जान थालेको बुझिएको छ ।

गत जनवरीमा एडिलेडमा पनि बस्ति निर्माणको लागी अशोक केसी, दिपक लामा लगायतले सहयोगको कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रमबाट १७ लाखभन्दा बढि रकम संकलन भएको थियो । एडिलेडबासिको तर्फबाट दिपक लामापनि बस्ति हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

Leave a Reply