जम्बो कार्यसमिती गठनसँगै सकियो प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन
पुर्व- अर्थमन्त्रि बिष्णु पौडेल प्रमुख अतिथि
४ फेब्रुवरी २०१७, एडिलेड- शनिवार ४ फेब्रुवरीका दिन 31-39 Norfolk Road Marion SA 5043 मा अवस्थित Marion RSL मा २१ सदस्यहरु सहितको जम्बो कार्यसमिति गठन गर्दै प्रवासी नेपाली मञ्च, साउथ अष्ट्रेलियाको पहिलो अधिवेशन समाप्त भएको छ । केही अघि हेम खनालको अध्यक्षतामा प्रवासी नेपाली मञ्चको तदर्थ समिति गठन भएको थियो र सोही तदर्थ समितिले आज अधिवेशन आह्वान गरेको थियो । परिणामस्वरुप आज मञ्चको साउथ अष्ट्रेलिया राज्य समितिको सर्वसम्मत कार्यसमिति चयन भएको हो । यसरी चयन भएको कार्यसमितिमा अध्यक्ष हेम खनाल, उपाध्यक्ष राजेश अधिकारी, सचीब अशोक केसी, कोषाध्यक्ष अशोक अधिकारी तथा सह-सचीव गणेश पराजुली रहेका छन् । यसैगरी सदस्यहरुमा प्रकाश पनेरू, रमन अधिकारी, सुपक अधिकारी, निलम महत, चन्द्र कुवर, तुङ्ग बानिया, संगीता फुयाल, रजनेस श्रेष्ठ, निर्दोष खनाल, मनोज अधिकारी, जीवन भन्डारी, सन्तोष चालिसे, युवराज पहाडी, बुद्दिराज फुँयाल, लिला पुरी र शंकर सापकोटा रहेका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उप-महासचीव एवं पुर्व अर्थमन्त्रि बिष्णु पौडेल प्रमुख आतिथि रहेका थिए भने परराष्ट्रविद् एवं नेकपा एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराई विषेश अतिथि रहेका थिए । यसैगरी प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेस पाण्डे, साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका महाबणिज्य दुत दिपक धमला, गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाका संयोजक नबिन कंडेल, मञ्चका सल्लाहकार राजुप्रसाद उपाध्याय तथा एडिलेडका विभिन्न संघ-सस्थाका प्रतिनिधिहरु एवं एडिलेडवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परराष्ट्रविद् एवं नेकपा एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईने नेकपा एमालेको परराष्ट्रनितिका बारेमा प्रकास पारेका थिए । यसैगरी पुर्व अर्थमन्त्रि एवं नेकपा एमालेका केन्द्रीय उप-महासचीव बिष्णु पौडेलले केही अघि नेकपा एमालेले सरकारबाट बाहिरिनुको कारण राष्ट्रियताको रक्षाका लागी गर्नुपरेको भन्दै नेपालको बिभिन्न राजनितिक कालखण्डहरुमा नेकपा एमालेको भूमिकाका बारेमा प्रष्ट पारेका थिए ।
अन्तरक्रिया सम्पन्न
कार्यक्रमको उत्तरार्दमा नेता बिष्णु पौडेलले उपस्थित हरुको प्रश्नहरुलाई सम्बोधन गरेका थिए । एडिलेडबासी कपिल पाण्डेको नेकपा माओबादीले सरकार बनाउनदेखी संविधान बनाउदासम्म एमालेलाई सधै सहयोग गरिरहदापनि किन एमालेले धन्यबाद भन्नुको साटो सधै बिरोधमात्र गरिरहेको भन्ने प्रश्नको जवाफ दिदै त्यस विशिष्ट परीस्थितिमा एमाले-माओबादीकै समिकरणबाट प्रधानमन्त्रि बन्नका लागी एमालेले गरेको प्रस्तावलाई अस्विकार गर्दै बिदेसीको घोडा चढी कांग्रेस र मधेसी मोर्चासँग मीत लगाउन कुद्नुलाई गम्भिर राजनितिक धोकाको संज्ञा दिएका थिए । यसैगरी नेता पौडेलेले नेपालको निर्वाचनमा प्रवासी नेपालीहरुको मतलाई पनि समावेस गर्नका लागी आफ्नो पार्टिले संसदबाट पास गरिसकेको कानुनलाई लागु गर्नपनि बर्तमान सरकारले आनाकानि गरिरहेको आरोप लगाएका छन ।
नवनिर्वाचित अध्यक्ष हेम खनालले नेपालमा जस्तो बर्गसंघर्ष गर्ने कम्युनिष्ट दलको भ्रातृसंगठन भन्दापनि त्यो आस्थालाई प्रयोग गर्दै प्रवासी नेपालीहरुको हक-हितका लागी प्रवासी नेपाली मञ्च गठन भएको बताए । कार्यक्रम सञ्चालन मञ्चका सचीव अशोक केसीले गरेका थिए । कार्यक्रमपछि साँझ Taste of Himalayan Restaurant, Brighton मा नेताहरुसँग डिनरको कार्यक्रमपनि रहेको थियो ।
फेब्रुवरी ५ मा मेलवर्नमा कर्यक्रम रहेको बताइएको छ ।

Leave a Reply