नेपालमा ठुलै राजनितिक उथलपुथलको संकेत
चीनका राष्ट्रपतिको बिशेष दुत भेटेलगत्तै पुर्वराजा हिमानीसहित थाईल्याण्ड प्रस्थान
२ फेब्रुवरी २०१७, काठमाण्डौ- नेपाली राजनिति बिगत निक्कै लामो समयदेखी अस्थिर छ । राष्ट्रको खासआवश्यकता नबुझिकन आएका परीवर्तनहरुले गार्दा बिगत लामो समयदेखी नेपाल अस्थिरताको जंजिरमा बाधिएको छ एकातिर भने राष्ट्र विकास-निर्माणमा सदैव पछि परिरहेको छ । अस्थिर र अल्पकालिन सरकारका कारण छिमेकीसँगको सम्बन्ध समदुरीमा अघि बढ्न सकिरहेको छैन भने दलकेन्द्रित परराष्ट्र नितिका कारण छिमेकीहरुसँगको सम्बन्धमा समेत उतारचढावहरु आइरहेका छन ।
पछिल्लो समयमा चीनले नेपालमा भारतको लामो समयदेखीको एकल उपस्थितिलाई समाप्त पार्दै आफ्नो उपस्थिति खोजीरहेको छ भने सरकारको अस्थिरताका कारण चीन-नेपाल सम्बन्धमा पनि उतारचढाव आइरहेको छ । सम्बन्धबिस्तारका लागी चीनले नेपालमा भरपर्दो मित्र खोजीरहेको यस समयमा दलहरुले आपसि झगडाका कारण गणतन्त्रलाई सस्थागत गर्न सकेका छैनन । तसर्थ चीनले पुर्वराजा ज्ञानेन्द्रमा त्यो विश्वसनिय सम्बन्धको संकेत पाएका कारण चीन-ज्ञानेन्द्र सम्बन्ध झांगिन थालेको बिश्लेषण राजनीतिक बृतमा गर्न थालिएको छ ।
केहि समय अघिमात्रै बिज्ञप्ति मार्फत आफु सक्रिय बन्ने संकेत दिएका पूर्वराजाले चीनका राष्ट्रपति सि जिङपिङका विशेष दुतका रुपमा अकस्मात काठमाडौं आएकी ‘ सि फु तारा’ लाई भेटेलगत्तै युबराज्ञी हिमानीलाई साथै लिएर ज्ञानेन्द्र बैंकक तर्फ प्रस्थान गरेका छन् । ताराले सोमबार बेलुकी सात बजे निर्मल निवासमा ज्ञानेन्द्रलाई भेटेको बताईएको छ । झन्डै दुई घण्टासम्म चलेको सो छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे गहन विमर्श भएको स्रोतले बताएको छ ।
केहीअघि भारतले राजसस्था सहितको नेपालको भुटानीकरणका लागी गरेको प्रस्तावको पुर्वराजा ज्ञानेनन्द्रले ठाडै अस्विकार गरेको स्रोतको दावि छ ।
राजनीतिक छलफल, भेटघाट र रणनीतिक योजना बनाउन राजनीतिक दलका नेताले बैंकक, सिंगापुर र मलेसिया भ्रमण गरे झैँ महत्वपूर्ण निर्णयका लागि बुधबार ज्ञानेन्द्र बैंकक तर्फ लागेको बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही अघि सार्बजनिक रुपमा नै गणतन्त्र खतरामा रहेको अभिब्यक्ति दिइसकेका छन् ।
वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरुसँग चीन असन्तुष्ट रहेको भन्ने टिप्पणी सार्वजनिक भइरहेको बेला भएको यो भेटघाट र पूर्वराजाको यो भ्रमणलाई महत्वकासाथ हेरीएको छ ।
Leave a Reply