एमाले नेता विष्णु पौडेल र परराष्ट्रविद् राजन भट्ट्राई एडिलेड आँउदै
प्रवासी नेपाली मञ्चले अन्तरकृया कार्यक्रम गर्दै
१ फेब्रुअरी २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्ने एमाले समर्थक नेपालीहरुसँग भेटघाटका लागी नेकपा एमालेका प्रभावशाली नेता एवं पुर्व-अर्थमन्त्रि बिष्णु पौडेल तथा परराष्ट्रविद् डा. राजन भट्टराई एडिलेड आउने बुझिएको छ । यसरी एडिलेडमा बस्ने एमाले समर्थित नेपालीहरुसँग भेटघाटका लागी आउन लागेका उनीहरुले आगामी ४ फेब्रुअरी २०१७ शनिबारका दिन हुन लागेको प्रवासि नेपाली मञ्च साउथ अष्ट्रेलियाको पहिलो अधिवेशन पनि उत्घाटन गर्न लागेका हुन । कार्यक्रम अपराह्न ४ देखी ६ बजेसम्म 31-39 Norfolk Road Marion SA 5043 मा अवस्थित Marion RSL मा हुन लागेको हो । यसका सथै प्रवासि नेपाली मञ्च साउथ अष्ट्रेलियाको उनीहरुसँग अन्तरक्रियाको कार्यक्रमपनि आयोजना गरेको छ । अन्तरक्रियाका लागी सम्पुर्ण एडिलेडबासी नेपालीहरुलाई प्रवासि नेपाली मञ्च साउथ अष्ट्रेलियाले आव्ह्वान गरेको छ । कार्यक्रमबारे थप जानकारीका लागी प्रवासि नेपाली मञ्च साउथ अष्ट्रेलियाका पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने छ ।
नेताद्वयले सिड्नीमा गत २९ जनवरीमा भेटघाट एवं अन्तरक्रिया गरिसकेका छन भने प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाका सचीव अशोक केसीका अनुसार ५ फेब्रुअरीमा मेलवर्नमा कार्यक्रम रहेको छ ।
Leave a Reply