शहीद दिवशका अवशरमा फहराईयो एेतिहासिक राष्ट्रिय झण्डा
नेता ओली र राष्ट्रकवि घिमिरेले फहराए पहिलोपटक
३० जनवरी २०१७, काठमाडौ- शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघर मण्डलामा एेतिहासिक नेपाली राष्ट्रिय झण्डा सार्बजनिक गरिएको छ । झण्डा सार्वजनिक कार्यक्रमको आयोजक नेपाली राष्ट्रिय देशभक्त युवा समाजले उक्त झण्डा इतिहासकै ठूलो भएको दाबी गरेको छ ।
राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएको बताइएको छ ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको उक्त झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । झण्डामा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडा प्रयोग भएकोआयोजकले बताएका छन् ।
Leave a Reply