विदेशमा मर्ने नेपालीहरुको डरलाग्दो तथ्याङ्क

के छ त समाधानका उपायहरु

screenshot_20170130-191913३o जनवरी २०१७, एडिलेड-  देशको भयावह अवस्थाका कारण बिदेसिने युवाहरुको संख्या हरेकदिन बढ्दो छ । त्यमाथी सरकारले नै युवालाई बिदेश पठाउने निति लिएको छ र नेपालमात्र त्यस्तो देश हो जसले युवालाई बैदेशिक रोजगारीमा पठाउनका लागी बिज्ञापन नै गर्ने गर्छ । सरकारी तथ्याकअनुसार सन् २००८ मा २५०,००० युवा बिदेसिएकोमा सन् २००१५ सम्म यो संख्या दोब्बर भएको अर्थात बढेर ५००,००० पुगेको आंकडाले देखाएको छ । यो संख्या सरकारको तथ्याकंमा भएको खाडी मुलुकहरु जस्तै कतार, मलेसिया साउदी अरब आदि जानेको मात्र हो । सरकारलाई जानकारी नदिइ जाने र अन्य मुलुक जानेहरुको संख्या जोड्ने हो भने यो संख्या निकै धेरै हुने निश्चित छ । बिदेशमा मर्ने नेपालीहरुको संख्या बढीरहेपनि बिदेश जानखोज्ने युवाहरुको संख्यामा कुनै कमी आएको छैन् । बरु बढीरहेको छ ।
नेपाल सरकारको युवा तथा रोजगार मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार सन् २००८ मा २,५०० विदेश जानेहरुमा १ जना मर्ने गरेको देखिन्छ भने यो संख्या पाच गुणाले बढेर सन् २०१५ सम्म आइपुग्दा हरेक ५०० बैदेशिक रोजागारीमा जानेमध्ये १ जना मर्ने गरेको देखिन्छ । यसरी हेर्दा सन् २००८ देखी २०१५ सम्म बैदेशिक रोजगारीमा जाने ५,००० बढीको मृत्यु भएको देखिन्छ जुन अमेरीकाले इराकमा आक्रमण गरेदेखी मरेका कुल अमेरीकि सैनिकभन्दा बढी हो ।
कयौं मृत्युका कारणहरु खुल्न सकेका छैनन् भने आधाभन्दा बढीमा मृत्यु प्रकृतिक मृत्यु र हृदयघातका कारण भएका देखिन्छन । हाल आएर स्वास्थ सोधकर्ताहरुले एसियाका स्वस्थ कामदारहरु विदेशमा नराम्रो काम गर्ने ठाँउको अवस्थाका कारण निन्द्रामै मर्ने गरेको बताएका छन् ।
यसरी सन् १९७० मा अमेरीकामा, त्यसको एक दशकपछि सिङ्गापुरमा र केही अघि चीनमा पनि यसरी कामदारहरु मर्ने क्रम देखिएको थियो । यसरी अस्वस्थकर कामगर्ने वातावरणका कारण मृत्यु हुने रोगलाई “Sudden Unexplained Nocturnal Death Syndrome (SUND)” भनिन्छ ।
नेपालका सरकारी अधिकारीहरु अन्य छिमेकि देशका उत्तिकै संवेदबशिल कामदारहरुभन्दा नेपाली कामदारहरु ज्यादा मरिरहेको स्विकार्छन । तर, यसरी मृत्युदर बढ्नुको कारण भने उनीहरु भन्न सक्दैनन् । नेपालका ४०० बढी बैदेशिक रोजगारसम्वद्द संस्था नेपाल म्यानपावर संघका अध्यक्ष कुमुद धितालले यसरी मर्नुको कारण “Sleeping Disease” भएको बताए । “राती मजासँग साथीहरुसँग गफ गर्दै सुतेको मान्छे बिहान मरेको खबर आउछ ।” उनले भने । स्वस्थका ज्ञाताहरु भने यसअघिपनि कडा शारीरिक काम गर्ने एसियाका कामदारहरुको मृत्युदर यो भन्दा निकै बढी रहेको बताउछन् ।
बोस्टनमा रहेको युनिभरसिटी अफ मसाच्युट्सका एक सोधकर्ता बताउछन, “मैले नेपाली कामदारहरुको मृत्युको शैली “Sudden Unexplained Nocturnal Death Syndrome” ले हुने मृत्युको जस्तै भएको पाएको छु ।” उनले ‘Sudden Unexplained Nocturnal Death Syndrome’ बारे लामो अनुसंधानपछि धेरै लेखहरु लेखेका छन् । हालसम्म Sudden Unexplained Nocturnal Death को खास कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन् ।

नेपालका अधिकारीहरु SUND लाई अहिल्यै पत्याउन सक्दैनन् । नेपाली अधिकारीहरुका अनुसार मृत्युका कारण अत्याधिक तनाब हुनु, उच्च तपक्रममा कडा परिश्रम सथै घरबाट टाढ रहनुपनि हुनसक्ने बताउछन् ।
यी त भए खाडी देशामा नेपालीहरुको मृत्युको अवस्था । खाडीमा मात्र नभएर पछिल्लो समय युरोप, अमेरीका, अष्ट्रेलिया लगायतका बिकषित देशहरुमा समेत नेपालीहरुमाझ आत्महत्या गर्ने क्रम बढिरहेको छ । १ लाखबढी नेपाली रहेको अष्ट्रेलियामा नेपालीहरुको मृत्युको खबर हरेक दुइहप्ताजस्तोमा आइरहेको हुन्छ । अमेरीकामा समेत ग्रीनकार्डका कारण नेपालीहरुको ठुलो संख्यामा बसोबास रहेको छ । बैधानिक रुपमा बसोबास गर्नेहरुकै संख्यामा गैरकानुनी रुपमा अमेरीकामा नेपालीहरु रहेको अनुमान गरिएको छ । सामान्य नागरीकमात्र नभएर नाम चलेका कलाकारसमेत पछिल्लो समयमा प्रवासबाट मर्ने समाचार बनिरहेका छन । ‘यमबुद्द’ का नामले चिनिएका चर्चित नेपाली र्यापर अनिल अधिकारी को केही समयअघि बेलातयमा भएको मृत्यु्/ आत्महत्या यसको पछिल्लो उदाहरण हो ।
खाडी जाने नेपालीहरु प्रायजसो अल्प-शिक्षित र निम्न तथा मध्यम बर्गीय नेपाली हुन्छन भने युरोप-अमेरीका लगायतका मुलुक जाने नेपालीहरु शिक्षित तथा राम्रै आर्थिक हैसियत भएकागरु हुन्छन् । यस्ता मुलुक जाने प्राय नेपालीहरु दक्ष कामदार अथवा विद्यार्थीका रुपमा जान्छन । दक्ष कामदारका रुपमा जाने नेपालीहरुको पढाई र अनुभव देशमै निकै माथिल्लो तहमा पुगिसकेको हुन्छ भने विद्यार्थी भिषामा जानेहरुका लागी अंग्रेजी विषयमा राम्रै अंक ल्याउन सफलमात्र जानसक्ने भएकाले शिक्षित हुनु अपरीहार्य छ । त्यसपछी रामै आर्थिक हैसियत भएको प्रमाणित नभइकन कुनैपनि देशले भिषा दिदैन् । तसर्थ आर्थिक सवलता यस्ता मुलुकमा जानुको अर्को अपरीहार्य पाटो हो ।
सन् २०१५ को तथ्याकं हर्दा अमेरीकामा कुल ८३ हजार नेपालीहरुको बसोबास रहेको पाईन्छ । यसैगरी आत्महत्याका कारण मृत्यु हुनेको संख्या सन् २००९ मा ४ जना, २०१० मा ६ जना, सन् २०११ मा ५ जना, सन् २०१२ मा ६ जना, सन, २०१३ मा १४ जना तथा सन् २०१४ मा १८ जना रहेको पाईएको छ । यसैगरी अष्ट्रेलियामा पनि खास तथ्याकं नभेटिएपनि आत्महत्या अंगाल्ने नेपालीहरुको संख्या बढ्दो छ ।
प्रवासको ब्यस्त जीवनमा तनाब ब्यवस्थापन राम्रो सँग गर्न नसक्दा डिप्रेसनमा गई जीवनको अन्त्यमात्र मानिसले समाधान देख्ने नेपालका योग बिज्ञ एवं ‘बाच्ने कला’ का प्रशिक्षक डा. चिन्तामणि योगी बताउनु हुन्छ । “विदेशमा जाँदा संस्कृती, रीतिरिबाज, तौरतरीका एवं जीवन-शैली पुर्ण रुपमा परिवर्तन हुने हुदा र कार्यब्यस्तताका कारण जीवन र अध्यात्मबाट निकै टाढा पुगिने हुदा डिप्रेसनको संभावना प्रवल रहने हुन्छ ।” उनी भन्छन । आफु, परीवार र शरीर साथै आत्माको समेत हेरचाह गर्न सके डिप्रेसनको अवस्थाबाट टाढा रहन सकिने उनको तर्क छ । स्वस्थ शरीरका लागी योगा/ब्यायम तथा स्वास्थ आत्माका लागी योग/ ध्यान र सकारात्मक सोच राख्न तथा तुलना गर्ने बानी त्याग्न सुझाउछन् ।
आत्महत्यालाई कायरता अथवा महानता सँग तुलना नगरी यसको श्रोतलाई निर्मुल पार्नुपर्ने तर्क राख्छन सिड्नीबासी नेपाली गायक ईश्वर पोखरेल । यसरी निर्मुल पार्नका लागी सबैले सकारात्मक सोच राख्नुपर्ने उनको जोड रहेको छ ।

अवस्यपनि बर्तमानमा बिदेशिनुपर्ने नेपालीहरुको बाध्यता हो । हुन त बदलिदो विश्व राजनितिको अवस्थाले बिदेशिनु समाधान नभएर आफ्नै देश बनाउनुपर्ने सन्देस दिइरहेतापनि बिदेशिएका तथा बिदेशिन खुट्टा उठाइसकेका नेपालीहरुमाझ आकांक्षा र तनाव ब्यवस्थापनको तरीकाबारेमात्रपनि तालिम दिनसकिए यसरी हाम्रा समाजका शिक्षित सदस्यहरुलाई हामीले गुमाउनुपर्ने अवस्थामा कमी अवस्य आउनसक्ने थियो । हुन त बिगतको तुलनामा हाम्रा प्रबासका बास्तबिक सन्देस प्रबाहमा निकै सुधार भएको अवस्था छ । हाल सामाजीक सञ्जालमा बिदेशमा चिल्ला कारमा सरर गुडेका तस्बिरहरुमात्र सार्बजनिक नगरेर कठिनभन्दा कठिन काम गरिरहेका तस्बिरहरुपनि सार्बजनिक गरेर युवाहरुले बास्तबिकता सार्बजनिक गर्ने कार्यमा क्रान्ति नै गरेका छन् । तैपनि, नेपालमा रहेका केही शैक्षिक परामर्षदाताहरुले गरेका गलत सुचना प्रबाहका कारण उच्च आकांक्षा बोकेर बिमानस्थलबाट उड्ने युवाहरुको संख्यामा पनि कमि छैन, जो बिमान अबतरण लगत्तै डिप्रेसनग्रस्त बन्नथाल्छन् । यसरी वास्तबिक तस्बिर नेपाल लैजान सकिए उच्च आकांक्षा बोकेर प्रवास आउने युवाहरुको संख्यामा कमी तथा आउनै चाहने अथवा बाध्यता रहेका युवाहरुले त्यहि अनुरुप मानसिकता बनाएर आउनसके आत्महत्याको श्रृखंलामा केही कमी भने अवस्य आउछ ।
आत्महत्याको अर्को कारण भने अब्यवस्थित र अस्वस्थकर जीवनशशैली । हामी नेपालीहरुको शारीरिक कसरतमा निकै पछी छौं । किनभने हामी यस्तो देशमा जन्मिएका छौं कि स्वदेशमा हामीलाई कसरतको आवश्यकता नै पर्दैन । हरेकदिन स्कुल-कलेज, आफन्त-साथीको घर तथा पसलहरु जादा अथवा घरभित्रै हिड्दापनि हामीलाई चाहिने दैनिक कसरतको मात्रा पुग्छ । कामपनि त्यति धेरै गरेका हुदैनौं, किनभने हामी त्यस्तो देशबाट आएका हौं जहा एकजनाले काम गरे पाचजनाको परीवार सजिलै पालिन्छ । तर यहा अवस्था त्यस्तो छैन । यहां भौतिक सुखसुबिदा त छ, तर त्यसलाई प्राप्त गर्न कठिन भन्दा कठिन कामहरु गर्नुपर्ने हुन्छ । यसका साथै नियमकानुनमा निकै अगाडी रहेको यस देशाामा हरेका कामगर्दा निकै तनाब झेल्नुपर्ने हुन्छ मष्तिष्कले । यसरी लामो समय तनाबमा धेरै घण्टा काम गरिरहदा मष्तिष्कमा तनाब थपिदै जान्छ र मष्तिष्कले तनाब बहन गर्न नसक्ने अबस्थामा पुग्छ, जुन डिप्रेसनको अवस्था हो । यसरी हुने डिप्रेसनलाई बढवा दिइरहेको हुन्छ अस्वस्थकर खानाले । काममा बढि ध्यान र समय दिएपछी खानामा समय दिन सकिन्न र बाहिरको अस्वस्थकर खानाको भर पर्नुको बिकल्प रहन्न । यसरी अस्तब्यस्त जीवनमा अस्वस्थकर खाना मिसिएपछी अनिन्द्रा शुरु हुन्छ । काम र घर गाडीमा गरिने हुदा कसरतको यसै कमी छ जीवनमा । त्यसपछि तनाब झन बढी हुदै जादा जीवनका उपलब्धिहरुलाई मुल्यहिन ठान्न थाल्छ मानिसले । यसरी जीवनलाई लामो समयसम्म निस्सार पाएपछी जीवनको कुनै अर्थ नै नरहेको निर्क्यौल निकाल्दै आत्महत्याको बाटो रोज्नपुग्छ ।

Leave a Reply