एडिलेडको लोसार कार्यक्रमको तयारी पुरा
२९ जनावरी २०१७, एडिलेड- एडिलेडमा ३० जनवरीका लागी तय भएको लोसार कार्यक्रमको तयारी पुरा भएको आयोजकहरुले बताएका छन् । लोसार कार्यक्रममा यसबर्ष गायक रोज मोक्तान एडिलेड आइसकेको जानकारी प्राप्त भएको छ भने अष्ट्रेलियाकै अन्य राज्य तथा अन्य देशबाट अतिथिहरु आउने क्रम जारी रहेको छ । अगिल्लो पटकजस्तै यसपटकपनि निशुल्क प्रवेशको ब्यवस्था छ । कार्यक्रम स्थलमा खानाका स्टलहरु रहनेछन जसबाट उपस्थितहरुका लागी आफ्नै पैसामा खाना उपलब्ध हुनेछ । यस वर्ष कार्यक्रममा अग्रिम तयारी गरिएकाले अगिल्लो बर्षभन्दा निकै बढी उपस्थिति रहने अपेक्षा आयोजकहरुले गरेका छन् । गत बर्षको लोसारमा करिब ४०० जनाको उपस्थिति रहेको अनुमान गरिएको थियो ।
कार्यक्रमको आयोजना Tamang Society of Australia, South Australia ले गरेको हो । आयोजकहरुको आज एडिलेडमा बसेको बैठकले कार्यक्रमको तयारी पुरा भएको बताएको हो । कार्यक्रम Adelaide city मा अवस्थित Dom Polski Hall मा ३o जनवरीमा साझ ५ बजेबाट हुदैछ । एडिलेडबासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थिति जनाउन आग्रह गरेका छन् ।
कार्यक्रमलाइ Boomerang Educational Educational Services ले टाइटल प्रयोजन गरेको छन भने Taste of Himalayas, Kathmandu palace restaurant, Expert Education and Visa Services, Grace International, Vodafone लागायतले सहयोग गरेका छन ।

Leave a Reply