धुर्मुस-सुन्तली फाउण्डेसनका लागी एडिलेडमा एकै दिनमा उठ्यो १४,५०० डलर बढी

dinner1२७ जनवरी २०१७, एडिलेड- हिजो २६ जनवरीमा साउथ अष्ट्रेलियाको एडिलेड शहरमा भएको “धुर्मुस-सुन्तलि फण्ड रेजिङ्ग डिनर” कार्यक्रममा १४,५६५ अष्ट्रेलियन डलर संकलन भएको आयोजकहरुले बताएका छन् । आयोजकमध्येका एक अशोक केसीले फेसबुकमार्फत अष्ट्रेलियन डलर १४,५६५ (नेपाली रुपया करीब १२ लाख छ्यालिस हजार) संकलन भइसकेको जानकारी दिए । करिब पांच लाख संकलन हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा १२ लाख ४५ हजार संकलन हुदा आफु निकै उत्साहित भएको अर्का आयोजक दिपक लामाले अनलाईन एडिलेडलाई बताए । अशोक केसीले आफ्नी छोरीको मुख हेर्ने क्रममा जम्मा भएको ३०० डलर बढी धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण  गरेका थिए ।  “संख्यात्मक रुपमा नेपालीहरु कम रहेको यो राज्यबाट यतिका रकम संकलन हुनु भने एडिलेडमा रहेका नेपालीहरु धनी र मनकारी हुनु हो ।“ कार्यक्रम स्थलमा निकै प्रफुल्ल मुद्रामा देखिएकि सुन्तली अर्थात कुञ्जना घिमिरेले भनिन् । कार्यक्रमको संचालन प्रतिष्ठा गौतम र छेदा लामाले गरेका थिए ।

कार्यक्रममा धुर्मुस र सुन्तलीले आफु यसरी समाजसेवामा होमिनुको कारण र दुइबटा बस्तिहरु निर्माण गरिसक्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । उनिहरुले आफ्ना dinnerअनुभव सुनाईरहदा उपस्थितहरु निकै भवुक देखिन्थे ।

नेपालमा १ बर्षअघि गएको भुकम्पपछीको पुन निर्माणमा गरेको योगदानका कारण सिताराम कट्टेल तथा कुञ्जना घिमिरे विश्वभरका नेपालीहरुमाझ प्रसशनिय बनेका छन् । उनिहरुले १९ र ६७ घर रहेको दुई बस्तिहरुको सफल निर्माणपछि हस्तानतरण गरिसकेका छन भने महोत्तरीमा रहेको निकै पिछडिएको मुसहर जातिका लागी बस्ति निर्माणार्थ जुटेका छन । पहिलाको संकलनबाट बचेको रकमले निर्माणको करीब २० प्रतिशत काम भएसकेको छ । मुसहरबासीहरुपनि उनिहरुको सहयोगका कारण निकै उत्साहित भएका खबरहरु प्राप्त भइरहेको छ भने युगौदेकी बिद्यालयको अनुहार नदेखेका मुसहर बस्तिका ९० प्रतिसतभन्दा बढी बालबालिका हाल विद्यालय जान थालेको बुझिएको छ ।

 

Leave a Reply