प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाले गर्यो पहिलो अधिवेशन आव्ह्वान

onf२२ जनवरी २०१७, एडिलेड- नेकपा एमाले समर्थक प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया शाखाले याहि फेब्रुअरी ४ तारीकका दिन पहिलो अधिवेशन आव्हान गरेको छ । केही महिना अघि प्रवासी नेपाली मञ्चको साउथ अष्ट्रेलिया शाखा विस्तार भइ तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिको अध्यक्षमा हेम खनाल, उपाध्यक्षमा राजेश अघिकारी, सचिवमा अशोक केसी, सह-सचिवमा गणेश पराजुली, कोषाध्यक्षमा अशोक अघिकारी र सदस्यहरुमा सुपक अघिकारी, प्रकाश पनेरु, निलम महत, रमण अधिकारी, लिला पुरी, निर्दोस खनाल र चन्द्र कुवर रहेका छन् ।

सचिव केसीले हालको तदर्थ समितिमात्र रहेकाले अधिवेशनमा मञ्चको कार्यसमितिमा बस्न चाहनेले आवेदन दिन सक्ने र परेका आवेदनहरुउपर छलफल तथा परेको खण्डमा निर्वाचन गरी तदर्थ समितिले नया कार्यसमिति निर्माण गरी कार्यभार हस्तान्तरण गरिने बताए । अधिवेशन 31-39 Norfolk Road, Marion मा अवस्थित Marion RSL मा अपराह्न ४ बजेदेखी ६ बजेसम्म हुने बताईएको छ । अध्यक्ष हेम खनालले इच्छुक सबैलाई अधिवेशनमा आमन्त्रण गरिएको बताएका छन ।

Leave a Reply