साउथ अष्ट्रेलियामा जनसम्पर्क समितिको शाखा बिस्तार
२२ जनवरी २०१६, एडिलेड- अष्ट्रेलियाको दक्षिणि राज्य साउथ अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृसंगठन जनसम्पर्क समितिको साखा विस्तार भएको खबर छ । जनसम्पर्क समिति अष्ट्रेलियाको लिखित आग्रहमा आफुले साउथ अष्ट्रेलियामा समिति निर्माण गरेको जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका सभापति दिलिप पोखरेलले बताएका छन ।
जनसम्पर्क समिति साउथ अष्ट्रेलियाले एक बिज्ञप्ति जारी गर्दै साखा बिस्तार भएको कुरा सार्वजनिक गरेको हो । बिज्ञप्तिमा राष्ट्रिय मेलमिलाप दिवसका अवशरमा भएको उक्त भेलाले अागामी मार्च ८ तारीकका दिन अर्को भेटधाट कार्यक्रम आयोजना गरिने साथै गैर आवाशिय नेपाली संघ साउथ साउथ अष्ट्रेलियाले गर्न लागेको नेपाल फेस्टिवललाई सहयोग गर्ने पनि निर्णय गरेको बताइएको छ । दिलिप पोखरेल सभापति रहेको उक्त कार्यसमितिमा नरेस खनाल, मधुकर लामा, दिपेन्द्र थापा, सन्तोष केसी, संजय ठकुर र खुम घले रहेका छन । साथै सभापति पोखरेलले आफुले नेतृत्व गरेको समिति नै साउथ अष्ट्रेलियाका लागि आघिकारीक जनसम्पर्क समिति रहेको बताएका छन् ।


Leave a Reply