‘बोटल फर स्कुल’ को वार्षिक साधारण सभा हुदै
११ सेप्टेम्बर २०१६, एडिलेड- एडिलेडबाट खाली बोटलहरु संकलन गरी नेपालका केही जिल्लाका विद्यालयहरुलाई सहयोग गर्ने संस्था ‘बोटल फर स्कुल’को वार्षिक साधारण सभा आगामी १७ सेप्टेम्बर का दिन नर्थ एडिलेड कम्युनिटि सेन्टरमा हुने तय भएको छ । उक्त दिन ‘बोटल फर स्कुल’ को सदस्यता नविकरण तथा नंया सदस्यता वितरण साथै उक्त संस्थाको वार्षक विवरणसमेत प्रस्तुत हुने बताइएको छ । कार्यक्रममा खानाको समेत प्रवन्ध गरिएको बताइएको छ ।
सस्थाका गतिविधिहरुबारे औपचारीक रुपमा आफ्ना रायसुझाव दिइ सहयोग गर्ने अवसरको सदुपयोग गर्न सस्थाले सबैलाई आग्रह गरेको छ । ‘बोटल फर स्कुल’ का क्रियाकलापको एडिलेडमा सर्बत्र प्रशंसा हुने गरेको छ । आर्थीक पाटोका बारेमा हुनेगरेका ससाना टिका टिप्पणीहरु पनि यसपालीको वार्षक साधारण-सभापछि हट्ने विश्वास गरिएको छ ।
Leave a Reply