एडिलेड नेपाली समाजको तीज भब्यताका साथ सम्पन्न

Ateej६ सेप्टेम्बर २०१६, एडिलेड- एडिलेड नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । ३ सेप्टेम्बर २०१६, शनिवारका दिन गुडवुड कम्युनिटि सेन्टरमा आयोजीत कार्यक्रममा नेपली चेलीबेटीहरुको उत्साहजनक सहभागीता रह्यो । कार्यक्रममा साउथ अष्ट्रेलियाकि माथिल्लो सदनकि सदस्य जीङ ली, मल्टिकल्चरल काउन्सिल, रिलेसनसिप अष्ट्रेलिया तथा क्यान्सर काउन्सिलका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।  कार्यक्रममा नेपाल सरकारका  अवैतानिक बाणिज्यदुत दिपक धमलाको समेत सहभागीता रहेको थियो ।

एडिलेड नेपाली समाजले आफ्नो स्थापनाकालदेखी नै हरेक वर्ष तीज कार्यक्रमको ateej1 ateej3 आयोजना गर्दै आइरहेको छ । गत सालपनि एडिलेड नेपाली समाजले गुडवुड कम्युनिटि सेन्टरमाateej2 नै तीज कार्यक्रम आयोजना गरेको थियो । एडिलेड नेपाली समाज सन् २०१२ मा साउथ अष्ट्रेलियामा दर्ता रहेर वैधानिक रुपमा सञ्चालित संस्था हो । नेपाली चाडपर्वहरुमा समाजले विविध कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

ateej4समाजकि अध्यक्ष सन्तोषी गौतमले कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिएकि छन् ।

यसरी साउथ अष्ट्रेलिया सरकारका प्रतिनिधि तथा अन्य समुदायका प्रतिनिधिहरुलाई नेपाली कार्यक्रमहरुमा निमन्त्रणा गर्दा एकातिर नेपाली समुदायको अन्य समुदायसँगको सम्बन्ध प्रगाढ बन्दै जाने र नेपाली समुदायको पहिचान तथा पहुच विस्तार हुने बिस्वास गरिएको छ ।

(फोटो साभार:- एडिलेड नेपाली समाजको फेसबुक पेजबाट)

Leave a Reply