पाठशालाको तीज कार्यक्रम भव्यरुपमा सम्पन्न
२७ अगष्ट २०१६, एडिलेड- उत्तरी एडिलेडका नेपालीहरुलाई लक्षित गरी अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया, एडिलेड नेपाली महिला सँघ तथा नेपाली पाठशालाको संयुक्त आयोजनामा १० पिटवाटर स्ट्रिट, विन्सडरगार्डेनमा स्थित कम्युनिटि हलमा सम्पन्न तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कम्युनिटि हल नेपाली नारीहरुले खचाखच रहेको थियो । उनीहरुलाई पुरुषहरुलेपनि साथ दिएका थिए । कार्यक्रममा स्टार्टरपछि नेपाली चेलीहरु नाचगामा झुमेका थिए । कम्युनिटी हलभरी मन खोलेर नेपाली नारीहरु नाचेको दृष्यहरु निकै रमाइला थिए ।
कार्यक्रम साझँ ५ बजेदेखी शुरु भएको थियो । कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई सफल बनाउन मदत गर्ने सबैलाई आयोजकका तर्फबाट नेपाली पाठशालाका संयोजक नबीन सागरले धन्यबाद दिएका थिए ।
Leave a Reply