फ्लिन्डर युनिभरसिटीको बहुसांस्कृतिक कार्यक्रममा नेपाली समुदायको बेजोड प्रस्तुति
११ अगस्ट २०१६, एडिलेड- बुधवार साउथ अष्ट्रेलियाको एडिलेडमा अवस्थित फ्लिण्डर युनिभरसिटीमा भएको बहुसांस्कृतिक कार्यक्रममा नेपाली समुदायले बेजोड प्रस्तुति दिएको छ । चीन, जापान, इन्डोनेसिया, सिंगापुर, थाइल्याण्ड, भुटान, भारत, भियेतनाम, लाअोस, इस्ट टिमोर, बंगलादेश, अष्ट्रेलिया लगायतका देशका विद्यार्थीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।
नेपाली संस्कृति एवं खानेकुरा प्रवर्दन गर्ने मुख्य उदेश्यका साथ अगष्ट ९-१० का दिन सम्पन्न कार्यक्रममा नेपाली समुदायको सहभागीता भएको बताइएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज-साउथ अष्ट्रेलिया तथा फ्लिण्डर युनिभरसिटी नेपाली विद्यार्थी संगठनले नेपाली समुदायको प्रतिनिधित्व गरेको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज-साउथ अष्ट्रेलियाका कलाकारहरु विकाश शर्मा, दया पराजुली लगायतले नेपाली राष्ट्रिय गीत प्रस्तुत गरेका थिए भने कलाकर नानु शंकरले नेपाली नृत्य प्रस्तुत गरेकि थिइन ।
फ्लिण्डर युनिभरसिटी बिद्यार्थी संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा फ्लिण्डर युनिभरसिटी नेपाली बिद्यार्थी संगठनले नेपालको परिचय झल्कने स्टल कार्यक्रमस्थलमा राखेको थियो । स्टलमा नेपाली परिचय झल्कने सामाग्रीहरुका साथ मेहेन्दी लगाउने काम पनि गरिएको थियो । गत बर्षदेखी नेपाली समुदायले प्रतिनिधित्व गर्न थालेको उक्त कार्यक्रममा इतिहासमा पहिलोचोटी यसपाली नेपाली समुदायलाई आधिकारीक निमन्त्रणा गरिएको फ्लिण्डर युनिभरसिटी नेपाली बिद्यार्थी संगठनका उपाध्यक्ष तथा नेपाली सहभागीताका प्रमुख दया पराजुलीले अनलाईन एडिलेडलाई बताए । खानेकुरा बेचेर तथा मेहेन्दीबाट संकलित रकम नेपालको सामाजीक बिकाशमा खर्च गरिने बताइएको छ ।
Leave a Reply