गिनिज बुकमा नाम लेखाउन सफल उत्तमलाई एडिलेडमा सम्मान गरिदै
११ अगष्ट २०१६, एडिलेड- ‘गिनिज बुक अफ द वल्ड रेकर्ड’ मा नाम लेखाइ नेपालीहरुको नामलाई नै उच्च राख्न सफल एडिलेड निवासी उत्तम मोक्तानलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाले सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया, अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया, एडिलेड नेपाली समाजलगायत सबैको साथ र समर्थन रहेको बताइएको छ ।
कार्यक्रम २० अगष्ट २०१६ का दिन अपराह्न १:४५ बजे युनिभरसिटी अफ साउथ अष्ट्रेलियाको मसन लेक क्याम्पसमा तय भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज अध्यक्ष रामकृष्ण निरौलाले बताएका छन् ।
उत्तम मोक्तानले ‘योगा म्याराथन’ मा ‘गिनिज बुक अफ द वल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका हुन् । मोक्तानले २०१५ को डिसेम्बर १७ देखी १९ सम्म लगातार ५० घण्टा १५ मिनेटसम्म योगा गरि ‘गिनिज बुक अफ द वल्ड रेकर्ड’ मा नाम दर्ता गराएका हुन् । उत्तम मोक्तानलाई नेपाली योगागुरुका रुपमा एडिलेडमा स्थापना गराउन संस्था दर्ता एवं यहाका योगासम्बन्धि विद्यालयहरुसँग कुराकानी भइरहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष गोबिन्द रानाले बताएका छन् । कार्यक्रममा अष्ट्रेलियन नागरीकहरुलाईपनि आमन्त्रन गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया सचिवालयका अनुसार उक्त दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको सदस्यता समेत खुला गरिने भएकाले समाजको सद्स्यता लिन चाहनेले तोकिएको दस्तुर तिरि सदस्यता लिन सक्ने जानकारी गराएको छ । उक्त दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाको पुर्ण कार्यसमितिपनि घोषणा हुन सक्ने संभाबना रहेको बताइएको छ । कार्यब्यस्तताका कारण केही सदस्यहरुले समाजका लागी समय दिन असमर्थ हुनुभएका कारण संस्थाको गरिविधिहरु अपेक्षित रुपमा बढ्न नसकिरहेको अबस्थामा अष्ट्रेलियाभरका राज्यसमितिहरुको सिफारिसमा केन्द्रिय समितिले पुर्णता पाउन लागेको हो ।
Leave a Reply