एडिलेडमा अर्को हप्ता ‘वल्क फर वेलफेयर’, सहभागी हुन सबैलाई आग्रह

walk for welfare२९ अप्रिल २०१६, एडिलेड (मिलन दाहाल) – गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको अगुवाइमा एडिलेडमा आगामी शनिवार ‘वल्क फर वेलफेयर’ कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमको उदेश्य गैर आवाशिय नेपाली संघले स्थापना गर्ने भनेको ‘विद्यार्थी कल्याण कोष’ स्थापनार्थ रहेको बुझिएको छ । केहि समय अगाडि नव निर्वाचित समितिले विद्यार्थीहरुलाई सहयोगगार्थ ‘विद्यार्थी कल्याण कोष’  नाममा एक लाख डलर बराबरको एक कोष बनाउने घोषणा गरेको थियो ।

उक्त कोषको संचालन कार्यविधि हालसम्म निर्माणाधिन रहेको छ । यसरी निर्माणाधिन संचालन कार्यविधिमा कोषको उदेश्य ‘आपत्तकालिन अवस्था’ जस्तै प्रतिकुल स्वास्थ अवस्था, कानुनी उपचार, सुचना साझेदारी कार्यक्रम र विद्यार्थीहरुको अन्यखाले  विकाशकार्य, तर यतिमा मात्र सिमित नहुने’ भनिएको छ । ‘अष्ट्रेलियामा अध्यायनरत विद्यार्थी तथा तिनका परिवारलाई एकदम थोरै समय लाग्ने तथा कम झन्झटिलो आवेदन परीक्षण प्रक्रियाद्वारा उपलब्ध गराइने’ बताइएको छ । उक्त छनौट प्रक्रिया गैर आवाशिय नेपाली संघको क्ष्रेत्रिय समितिहरुको निर्देशिका अनुसार समय समयमा परिवर्तन हुनेछ ।

आवेदन प्रक्रिया तथा रकम हस्तानतरण

आवेदकले गैर अावाशिय नेपाली संघको वेब साइटमा गइ नेपाली तथा अंग्रेजी दुबै भाषामा उपलब्ध हुने तोकिएको ठाँचाको आवेदन फर्म डाउनलोड गरि, रीतपुर्वक भरेर ‘कोष व्यवस्थापन समिति’ का संयोजकलाई पोष्ट, इमेल अथवा संयोजकलाई नै भेटेर दिनुपर्ने छ । यसरी आवेदन भएको तीन दिन भित्र तोकिएको समितिले निवेदनको छानविन गर्नेछ । आवश्यक परेको खण्डमा संयोजकले  थप जानकारी  अथवा अन्तरवार्ता समेत लिएपछी समितिले १ हप्ताभित्र रकम उपलब्ध गराउने/नगराउने निर्णय गर्ने छ ।

समितिले ज्यान लिनसक्ने रोगको उपचारार्थ अष्ट्रेलियन डलर २००० सम्म उपलब्ध गराउने छ भने, विद्यार्थी अथवा उनका परिवारको मृत्यु भएको अवस्थामा ३००० डलर सम्म उपलबध गराउने छ । संस्थाले आवश्यकता अनुसार सुचना सेमिनार तथा सुचना कितावहरुमा खर्च गर्न सक्नेछ ।

रकमको दीर्घकालिन ब्यवस्थाका लागी गैर आवाशिय नेपाली संघले नियमित रुपमा ‘वल्क फर वेलफेयर’ कार्यक्रम संचालन गर्ने छ भने समय समयमा व्यावसाय तथा अन्य संघसस्थाहरुसग समन्वय गरिरहने छ ।

गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाले धेरैले अष्ट्रेलियामा कहालीलाग्दो विद्यार्थी जीवनको अनुभव भोगेको तथा अन्यले अत्यन्त नजिकबाट नियालेको भएकाले विद्यार्थीहरुको हितका लागी गर्न लागिएको यस महान अभियानमा सबैलाई  सहभागी  हुन आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन http://walkforwelfare.org.au/  लिङ्कमा गइ ५० देखी २०० डलरसम्म तिरेर रजिष्ट्रे सिटीको टोरेन्स रिभर किनारमा अवस्थित  Elder Park मा ७ मे २०१६ का दिन विहान ८ बजे जानुपर्ने छ ।

Leave a Reply