ज्योतीको दोहोरीमा लोहोरी गाउदै एडिलेड, एडिलेड तात्ने आयोजकको दाबी
२८ अप्रिल २०१६, एडिलेड (मिलन दाहाल)- अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा तीब्र गतिमा बढिरहेको भएसगै एडिलेडमा पनि नेपाली कार्यक्रमहरु बाक्लिने क्रम बढेको छ । ‘एडिलेड ईभेन्टस्’ ले मे को तेस्रो साता एडिलेडमा नेपालका तीन ख्यातिप्राप्त लोक-दोहरी गायकहरु तथा एकजना कमेडियनको साथमा एक भब्य कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको नाम रहेको छ ‘नाचौ, गाऔं रमाइलो साँझ २०७३ ‘ जसको मुख्य आकर्षण रहनेछिन आफ्नो ग्लामर र हाउभाउका कारण चर्चामा रहेकि लोक-दोहोरी गायिका, मोडल तथा नायीका ज्योति मगर ।
आफ्नो ग्ल्यामर र हाउभाउका आधारमा चर्चामा आइरहने ज्योति मगर नेपाली लोक दोहोरी गीतको क्षेत्रमा राम्रैसँग परिचित नाम हो । देशभित्र तथा बाहिर आफ्नो प्रस्तुतिका लागी विभिन्न देश गईसकेकि ज्योति नेपाली सामाजिक सँजालप्रयोगकर्ताको आलोचनाका कारणपनि बढी चर्चित भएकि हुन भन्नेहरुको पनि कमि छैन । कारण जे होस् ज्योतिका ‘फ्यान’हरु बढिरहेका छन, उनका कार्यक्रमहरुमा दर्शकहरुको भब्य उपस्थिति रहने गरेको छ । दाङमा जन्मिएकि मगरले प्रवेसिकासम्म पढेकि छन भने आफुलाई गायनभन्दा नृत्यमा बढी रुची भएको कुरा अन्तरवार्ताहरुमा बताउने गरेकि छन ।
पहिलो गिति एल्बम सन् २००६ मा रेकर्डिङ गराएकि ज्योतिको सो एल्बम म्युजिक भिडियो बनिसकेपछिपनि कम्पनिले नव गायीका भएका कारण निकाल्न आंट गरेन । उनको दोस्रो र तेस्रो एल्बम ‘माया सँग’ र ‘उहि मुलाको सिन्कि, उहि मुलाको चना’ नेपाली संगितप्रेमिहरुका बिच निक्कै लोकप्रिय बन्यो । हालसम्म करिब आधा दर्जन एल्बम निकालिसकेकी मगरले तीन दर्जनबढी गीत गाइसकेकि छन भने उनको अधिकासं गीतको लेखन तथा कम्पोज उनी आफैले गर्नेगरेकि छन ।
उनका केही टेलिभिजन अन्तर्वार्ताहरु ‘अनुपयुक्त लगाव’ का कारण कि त सेन्सर भएका छन भने केही प्रसारण नै भएका छैन । NTV प्लसले लिएको ज्योतिको अनतर्वार्ता ‘भल्गर’ भएका कारण कहिल्यै प्रशारण नै गरिएन भने हिमालयन टिभिले लिएको अनतर्वार्ताको भने केही भाग कटाएर प्रशारण गरिएको थियो । उनको लगाव शैलिलाई उनले भने अनुपयुक्त भएको मानेकि छैनन् । अलिअलि भल्गर त सेन्सर गर्ने महिलाले पनि लगाउने भएको तथा NTV प्लसको अन्तरवार्तामा उनी नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएका कारण प्रशारण नहुनुपर्ने कुनै कारण नभएको उनको जिकिर छ । बिबाह पुर्वको प्रेमको बारेमा पनि यदी दुबैको सहमतिमा कसैलाई एड्स लागेको छैन भने खासै ठुलोकुरा नभएको बताउछिन् ।
कार्यक्रममा ज्योति मगरलाई साथ दिइरहेका छन सन्तोष लामा, लोक गायक मिलन लामा तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले । सन्तोष लामा सन् २००७ का नेपाली तारा हुन भने मिलन लामा लोकप्रिय लोक-गायक हुन् । यसैगरी राजा राजेन्द्र पोखरेलले नेपालका चिनिएका हास्यकलाकार तथा कार्यक्रम प्रस्तोता हुन् । कार्यक्रम आयोजकका वारेमा जिज्ञासा राख्दा आयोजकमध्येका एकले भने –“ आयोजक को हो भन्दापनि कलाकार को को आउदैछन् भन्ने कुरा महत्वपुर्ण हो । नेपालका चार उत्कृष्ट कलाकारहरुको फ्युजन नै नाचौं, गाऔ- रमाइलो साँझ हो । कार्यक्रममा आउनेलाई भरपुर मनिरञ्जन हुनेछ । साथै चार चारजना कलाकार आउने भएकाले हामीले स्थानिय कलाकारलाई स्थान दिएका छैनौं ।“
“ज्योतिको कार्यक्रममा त जानै पर्यो नि ।” अन्य कार्यक्रममा खासै देखा नपर्ने एक युवाले भने । उनिसँगै मिल्ने विचार राख्दै अर्का युवाले थपे- ” सोसल तथा अनलाईन मिडियामा यत्ति धेरै छाएकि ज्योती कस्ति रहिछन हेर्नकै लागी भएपनि कार्यक्रममा त गइन्छ ।”
कार्यक्रम 232 Angus Street, Adelaide मा अवस्थित Dom Polski हलमा १६ मे का दिन साझ ५:३० बजेबाट हुदैछ । कार्यक्रमको प्रवेशशुल्क $२५ रहेको छ ।
कार्यक्रमलाई मुख्य रुपमा प्रायोजन गरेको छ एडिलेडमा भर्खरै शाखा विस्तार गरेको दश बर्षभन्दा पुरानो “ग्रेस इन्टरनेसनल” ले । ग्रेस इन्टरनेसनल एउटा स्थापित शैक्षिक तथा माइग्रेसन परामर्षदाता संस्था हो जसका शाखा हरु नेपालमा काठमाण्डौ, चितवन, सुर्खेत, हेटौडा र नेपालगञ्ज तथा अष्ट्रेलियामा सिड्नी, मेलवर्न तथा एडिलेडमा रहेको छ । “व्यावसाय बिस्तारका क्रममा नेपालका अष्ट्रेलिया आउन चाहने दक्ष जनशक्ति तथा साउथ अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुलाई सम्भव भएसम्मको कम लागतमा साउथ अष्ट्रेलियामा आउन सजिलो होस भन्ने मनसायले एडिलेडमा शाखा विस्तार गरेका हौं ।“ ग्रेसका एडिलेड शाखा प्रमुख प्रकाश थापा ले अनलाइन एडिलेडसँग भने । यसका साथै अन्य प्रायोजकहरुमा बुमरेङ, एक्सपर्ट एजुकेशन, प्यासिफिक एजुकेशन एन्ड भिसा सर्भिसेस, क्विन्सफोर्ड कलेज इत्यादि रहेका छन ।
Leave a Reply