एडेलेडबासी नेपालीको यसपालाको नेपाली नयाँ बर्ष यम बरालसँग
०६ मार्च २०१६, एडेलेड- “बादलुको घुम्टोले ईलाम बजार छोपिदा, मैले सब्लाई बिर्सेछु तिमीलाई सम्झिदा…..” जस्ता एकताका हरेक नेपालीको ओठमा झुण्डिन सफल गीतका गायक पुर्बी नेपालको ईलाममा जन्मिएका यम बरालले यसपालीको नेपाली नया बर्षमा एडेलेडबासी नेपालीहरुलाई साथ दिने भएका छन। ‘New Year Musical Night 2073’ नामको यस सांगितिक कार्यक्रममा यम बराललाई साथ दिनेछन नेपालका उदयीमान कलाकारहरु सनुप पौडेल र आकांक्षा बस्यालले । कार्यक्रममा एडेलेडका ख्यातिप्राप्त स्थानीय कलाकारहरुको पनि सहभागीता रहनेछ । उक्त कार्यक्रमको आयोजना विश्वका ७० भन्दा बढी मुलुकहरुमा फैलिएको प्रवासमा बस्ने नेपाली कलाकारहरुको संगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को साउथ अष्ट्रेलिया च्याप्टरले गर्न लागेको हो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज-साउथ अष्ट्रेलियाले पहिलोचोटी गर्न लागेको उक्त कार्यक्रममा सम्पुर्ण एडेलेडबासी नेपालीहरुको साथ रहेर कार्यक्रम निकै भब्य हुने कुरामा अनेकस- साउथ अष्ट्रेलियाका संयोजक बिकाश शर्माले बिश्बास ब्याक्त गर्नुभयो ।
नेपालीहरुले विदेशीको सिको गर्ने धुनमा आफ्नो मौलिकता बिर्सिरहेको आरोप खेपिरहेका बेला प्रवासमा पनि नेपाली कलाकारहरुसँगको साथमा नेपाली नया बर्षलाई उल्लासपुर्वक मनाउने तयारीमा जुटिरहेका छन एडेलेडका नेपाली । हुन त प्रवासमा बसिकनपनि नेपाल, नेपाली र नेपालीत्वलाई हृदयमा राखेर अघि बड्नेहरुमाझ अगिल्तिर हुनुपर्दछ एडेलेडका नेपालीहरु । कुनैपनि नेपालीलाई साह्रो-गार्हो पर्दा, देशमा दैवी बिपत्तिको समयमा होस अथवा देशको व्यावसायलाई प्रवर्दन गर्न होस्, हरदम एडेलेडबासी नेपालीहरु प्रवासको ब्यस्तताको बावजुत लागि परिरहेछन् । नेपाल र नेपालीको परिचयलाई विश्वमाझ पुर्याउने दिशामा निरन्तर अघि बढिरहेछन् । नेपालीहरुको उपस्थिति संख्यात्मक रुपमा निकै कम होला एडेलेडमा अरु समुदायको तुलनामा, तर प्रभाव र पौचमा हिसावमा कुनैपनि तवरले तल छैनन् । यो प्रभाव यसै संभव भएको होइन, नेपाली-नेपाली वीचको भाइचारा र एकताका कारणले मात्र संभव भएको हो ।
के हो अन्तराष्ट्रिय नेपाली कलाकार समाज ?
विश्वभर छरिएर रहेका नेपाली कलाकर्मीहरुलाई संस्थागतरुपमा एकत्रित गरी नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण एवं सम्बर्धन तथा नेपाली कलाकारहरुका हितका लगि कार्य गर्ने उद्देश्यले स्थापना गरिएको एक संस्थाको जसको जालो आजका दिनसम्म विश्वका ७० भन्दा बढी देशहरुमा फैलिएको छ । अष्ट्रेलियाका लगभग सवै राज्यहरुमा यस संस्थाका प्रशाखाहरु बिस्तार भैसकेका छन भने दक्षिण अष्ट्रेलियामा भने २०१६ मा मात्र यसको प्रशाखा बिस्तार भएको हो । प्रशाखाको अध्यक्षमा बिकाश शर्मा पोखरेल, महासचिवमा दया पराजुली, सचिवमा
मिलन दाहाल, कोषाध्यक्षमा ईन्दु भट्टराई, सह-कोषाध्यक्षमा दीक्षा बुढाथोकि तथा सदस्यहरुमा गंगा सुबेदि, मन्दिरा रिजाल, अभिशेख प्रसाद जोसी, संदिप बस्नेत, इन्दिरा पौडेल, सुजन भुषाल र अभिन सुनार रहनुभएको छ । अष्ट्रेलियाको शाखा एडेलेडमा नै रहेको छ ।
प्रवासमा नेपाली मौलिक कार्यक्रमहरुको किन आवश्यकता छ ?
प्रवासमा नेपालीहरु लामो समयदेखि नै रहदै आएका छन । देशमा आवश्यक रोजगारीको ब्यवस्था नहुनु, लामो समयदेखीको राजनितिक द्वन्द तथा अस्थिरता, सामाजीक अशुरक्षा लगायतका यावत समस्याहरुका कारण बिदेसिने नेपालीहरुको संख्या पछिल्लो दिनमा अत्याधिक रुपमा बढिरहेको छ । नेपालीहरु बिदेश गएको स्वदेश बिर्सिएर अथवा बिर्सिनका लागि पक्कै होईन । यदी त्यसो हुन्थ्यो भने प्रवासमा नेपाली कार्यक्रमहरु यति धेरै हुने थिएन, न प्रवासमा नेपाली कलाकारहरुले यति धेरै माया नै पाउने थिए । बिदेश जानु नेपालीहरुको बाध्यता हो र यो देश र देशबासीलाई कुनै नै कुनै रुपमा सहयोग गर्ने उपायको खोजीको उपजपनि हो ।
बिदेसिने क्रमसगै त्यहीको स्थायी बसोबास गर्ने अनुमति लिएर सधैका लागी प्रवासमै बस्ने क्रमपनि पछिल्ला दिनमा ह्वात्तै बढेको छ । ‘एकपटकको नेपाली सधैको नेपाली’ भनेजस्तै हामी जहा रहेपनि हाम्रो मन नेपालमै रहन्छ । हाम्रा बाल्यअवस्था बितेको माटो, हामीले पढेको स्कुलहरु, हामीले पानी खाएका मुलधारहरु हाम्रो मानसपटलबाट हराएर जान संभव छैन । हामी बिदेशमा पनि नेपाली शैलिमा नै जीवन बाच्न चाहन्छौ र नेपाली शैलीमा जिबन बाच्न नपाउदा कता कता सबैथोक भएरपनि खल्लो महसुस भैरहेको हुन्छ हामीलाई । प्रवासमा यसरी भैरहने नेपाली मौलिक कार्यक्रमहरुले हामीलाई नेपालीपन प्रदान गरेर यसरी महसुस हुने गरेको खल्लोपनलाई केही भएपनि हटाउन मद्दत गर्दछ । दोस्रो, जहा बसेपनि हाम्रो परिचय भनेको “नेपाली” नै हो र कुनैपनि जातीको पहिचान भनेको त्यो जातीको कला, संस्कृती, संगीत, भाषा-साहित्य नै हुन । त्यसैले हाम्रो पहिचानको संरक्षणका लागी पनि यस्ताखाले कार्यक्रमहरुको प्रवर्दन एकदमै जरुरी छ ।
कसले गर्नसक्छ हाम्रो पहिचानको संरक्षण ?
हाम्रो पहिचानमा गर्व गर्ने हामीले नै हो । त्यसैले, यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो । वास्तवमा हामी नेपाली भएको नै हाम्रो छुट्टै कला, संस्कृती, संगीत, भाषा-साहित्य लगायतका पहिचानले नै हो र यदि यस्ता पहिचानहरुको संसक्षण समयमै भएन भने यस्ता पहिचानहरु लोप भएर जाने छन । पहिचान लोप हुनु भनेको हामी लोप भएर जानु हो । कुनै विद्वानले भनेका छन “कुनै देशलाई समाप्त पार्नु छ भने पहिले तिनको कला संस्कृतिलाई ध्वास्त पार ” । यसको सार के हो भने कला र संस्कृति बिना कुनै देश, देश रहदैन । तसर्थ देश बचाउन देशको कला र संकृतिको जगेर्ना गर्न जरुरी छ ।
कसरी गर्नसकिन्छ हाम्रो पहिचानको संरक्षण ?
हाम्रो पहिचानको संरक्षण गर्न हामीले त्यस्तो ठुलो केही गर्नुपर्दैन, हाम्र कला र संस्कृतिको साचो मनले संगठित रुपमा लाग्ने युवाहरुको अभियानलाई सहयोग मात्र गर्न सकियो भने भने पनि धेरै हुन्छ । प्रवासमा फाल्तुको समय कसैलाई हुदैन, तर देशकालागी केहि गर्छु भनेर आफ्नो ब्यस्तताबिचबाट समय निकालेर अघि बढ्न चाहने युवाहरुलाई आफुसंग भएको अनुभव, सल्लाहसुझाव र हौसलामात्र दिनुपनि निकै ठुलो कुरा हुन जान्छ ।
Leave a Reply