अष्ट्रेलियाका सिनेटरले गरे प्रधानमन्त्रीसँग भेट

६ मार्च २०१६,  काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सिनेटर एवं विपक्षी लेवर पार्टीका नेता शाम दास्तयारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । केही अघि नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपाल भ्रमण गर्ने प्रतिबद्दता जनाएका थिए ।

भेटका अवसरमा उनले भूकम्पपछिको पुनर्निर्माणमा आफ्नो दलले सघाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
उनले अष्ट्रेलियामा बस्ने नेपाली समुदायको आग्रह र आफ्नो दलको पनि चाहनाका कारण पुनर्निर्माणमा कसरी सघाउन सकिन्छ भनेर बुझ्न आफु नेपाल आएको जानकारी गराए ।
उनले नेपाल बसाईका क्रममा आफुले भूकम्प अति प्रभावित केही स्थानको अवलोकनपनि गर्ने बताए ।
प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर सरकारले काम अघि बढाइसकेको र प्राधिकरणलाई आफुले चाडो र प्रभावकारी काम थाल्न निर्देशन दिइसकेको बताए ।
प्रधानमन्त्रीले सरकार भूकम्पपीडितहरुप्रति संबेदनशील रहेको र पुनर्निर्माण अभियानमा मित्र राष्ट्रहरुबाट प्राप्त सहयोगको सरकारले उचित ढंगले सदुपयोग गर्ने बताए ।

यसैबीच प्रधानमन्त्री ओलीसँग भारत, बंगलादेश र श्रीलंकाबाट आएका सेनाका डेपुटी जनरल र प्रतिनिधिमण्डलले पनि आज भेट गरेको छ ।

– See more at: http://www.ratopati.com/news/35825/#sthash.qbJ4zOs1.yW7wkwtd.dpuf

Leave a Reply