ह्यारी पोटरका अभिनेता एलन रहेनन्
१५ जनावरी २०१५, लण्डन- ‘ह्यारी पोटर’ श्रृंखलामा प्रोफेसर स्नेपको भूमिकाबाट चर्चित भएका बेलायती अभिनेता एलन रिकम्यानले ६९ वर्षको उमेरमा संसारबाटै विदा लिएका छन् । विगत ३० वर्षदेखि हलिउडमा सक्रिय एलन ह्यारी पोटरबाट विशेष चिनिएका थिए ।
उनी केही वर्षदेखि क्यान्सरसँग लड्दै आएका थिए । बिहिबार उनले अन्तिम सास लिए । परिवारकाबीचमा उनले प्राण त्यागेका हुन् ।
Leave a Reply