एम आर पी लिनुभएको छैन- नेपाल वा अन्य कतै जानु छ ?

embassy notice१४ जनावरी २०१५, एडेलेड- नेपाल सरकार तथा नेपाली दुतावासहरुले पटक पटक सुचना निकालेर भनिसकेका छन, २४ नोभेम्बर २०१५ देखी अन्तराष्ट्रिय नागरीक उड्डयन प्राधिकरणको नियमअनुसार हस्तलिखित राहदानी मान्य हुनेछैन । यसका बावजुतपनि कुनै कारणले एम आर पी लिन सक्नुभएको छैन तर आकस्मिक रुपमा नेपाल अथवा अन्य कतै जानुपर्ने भएको छ ? नआत्तिनुहोस । क्यानबेरा स्थित नेपाली दुतावासले यहाहरुका लागी ट्राभल डकुमेन्ट जारी गरुदिने छ, जसको सहायताले यहाले अन्तराष्ट्रिय आवत-जावत गर्न सक्नु हुनेछ तर हस्तलिखित राहदानी बोकेर यात्रा गर्ने प्रयास भने नगर्नु होला- कानुनको फन्दामा पर्नु हुनेछ । 

यसका साथै धेरैले बनिसकेको राहदानी लिनका लागी पनि सम्पर्क नगर्नुभएको कुरा आज एक बिज्ञाप्ति जारी गर्दै यथासिध्र दुताबाससँग सम्पर्क गर्न अनुरोध गरेको छ । तपाईको राहदानी दुताबासमा छ कि छैन भनेर दुताबासको वेबसाईट http://www.necan.gov.np मा गएर हेर्न सकिने छ । पुरानै राहदानी बोकेर यात्रा गर्न खोज्ने केही नेपालीलाई अष्ट्रेलियाको एयरपोर्टमै समस्या परिसकेको छ ।

Leave a Reply