अाज बाबुको मुख हेर्ने दिन मनाइदै
१३ सेप्टेम्बर ३०१५, एडेलेड- २सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्रयाउने दिनका रूपमा आइतबार कुशे औँसी मनाइँदै छ ।
प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्रयाउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।
‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।
कुशे आैँसीका दिन छोराछोरीले आˆना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको संस्कृतिविद् हरिराम जोशीले जानकारी दिए ।
“मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः र अतिथिदेवो भवः भन्दै परापूर्व कालदेखि जन्म दिने आमा, बुबा, गुरु र अतिथिलाई देवताको रूपमा मान्ने प्रचलन थियो,” उनले भने, “कुशे औँसीका दिन बाबुलाई छोराछोरीले श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गरिन्छ ।”
बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।
बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।
एडेलेडबासी नेपालीहरुले पानि आजका दिनमा आफ्ना पिता यतै हुनेहरुले घरमै बाबुलाई उपहार तथा मिठो भोजन गराएर तथा बाबु यता नहुनेहरुले नेपालमै उपहारहरु पठाएर तथा फोन गरेर बाबुको मुख हेर्ने दिन मनाईरहेका छन ।
Leave a Reply