प्रहरी हबल्दारको मृत्यु गोली लागेरैः अस्पताल

hawaldar४ सेप्टेम्बर, २०१५, बर्दिया – बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी हबल्दार देबहादुर पाण्डेको गोली लागेर मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ । पाण्डेको उपचारमा संलग्न डा. ललित गिरीले दायाँ खुट्टामा गोली लागेको बताएका छन् । “गोलीले दायाँ खुट्टा छेडेर बाहिर निस्केको छ’ उनले भने ‘बायाँ खुट्टामा भने धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।” खुट्टामा गोली लागेका हवल्दारको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौं र पूर्वका अन्य जिल्लाबाट आएका रात्री बसलाई सुरक्षा दिएको प्रहरी र बसलाई रोक्न खोज्ने आन्दोलनकारीबीच १८ भदौ विहान ९ बजे बर्दियाको मैनापोखरमा झडप भएको थियो । त्यसैक्रममा गोली लागेका पाण्डेलाई गोली उपचारका लागि नेपालगञ्ज पठाइएकोमा उपचारका क्रममा विहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply