प्रजीताले प्रवाशबाटै ‘नेपाली टेलिभिजन सो’ चलाउने
१५ अगष्ट २०१५
, एडेलेड दक्षीण अष्ट्रेलियाको एडेलेडमा बस्ने नेपाली गायीका प्रजीता गेलालले प्रवाशबाटै नेपाली टेलिभिजनको एक कार्यक्रम संचालन गर्ने भएकि छन । तीनबटा अाफ्नै एल्बमहरु निकालिसकेकी प्रजीता ‘झुमि-झुमी गल’ को नामले यसबेला परीचीत हुन लागेकी छन । यो नाम उनलाई उनको दोस्रो एल्बमको एक गीतबाट मिलेको हो । अाफ्नो मीठो स्वरका साथमा सौन्दर्य र मीठो मुस्कानको पानि फ्यानहरु धेरै भएको बताउने प्रजीताले नेपाल टेलिभिजनको एन टि भी प्लसबाट प्रसारीत हुने कार्यक्रम ‘क्ल्याप बोर्ड’ चलाउने भएकी हुन ।
गायनका साथसाथै समाजसेवामा समेत रुची भएकी प्रजीता हालै दक्षीण अष्ट्रेलियाका लागी एनआरएन सदस्यमा समेत निर्वाचीत भएकी छन । ‘मान्छेले गर्छू भनेर लाग्दा जे पनि गर्न सक्छ भन्ने धारणा राख्ने प्रजीताले हालसम्म करीव तीसबटा गीतहरु गाईसकेकी छन भने भूकम्पपीडितका लागी राहत संकलनार्थ भएका धेरै कार्यक्रमहरुमा समेत सहभागीता जनाइसकेकी छन ।
Leave a Reply