ताप्लेजुङमा नयाँ भूकम्प

taplejungआज बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए । यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । रासस

Leave a Reply