एडेलेड नेपाली महिला संघले भूकम्पपीडितका सहयोगका लागी संस्कृतिक कार्यक्रम गर्दै

Sharmila Ji१६ जुन २०१५, एडेलेड- एडेलेड नेपाली महिला संघ (ANWA) ले नेपालका भूकम्पपीडितको सहयोगार्थ संस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम “Come On Youth Stand Up” नामक संस्थासँगको समन्वयमा हुन लागेको र संकलन भएको पैसा पनि सोही संस्थाको माध्यमबाट नेपाल पठाइने बताइएको छ ।

कार्यक्रम बिशेष गरी चर्च जानेहरुलाई केन्द्रीत गरेर आयोजना गर्न लागिएको भएपनि आउनचाहने नेपालीहरु अथवा अरुले पनि आउन सक्ने ANWA कि अध्यक्ष शर्मिला महर्जनले बताइन । यसका साथै एडेलेड वरपरका रेष्टुरेन्टसँग कोही इच्छुक भए सहयोगका लागी अनुरोध गरिराखिएको नत्र आफैले खानाको व्यवस्था गर्ने कुरा समेत बताइन । कार्यक्रम तलको मिती र समयमा हुने बताईएको छ ।

मिती र समय:- २७ जुन २०१५, शनिवार साझ ६ बजेदेखी

स्थान:-                 Broadview Baptist Church, 1 Collingrove Avenue,                                           Broadview, SA 5083

Leave a Reply