एडेलेडमा ‘जाम फर नेपाल’ नाइट सम्पन्न

१५ जुन २०१५, एडेलेड- एडेलेडमा ‘जाम फर नेपाल’ नाइट नामको एक संगीतिक कार्यक्रम सम्पन्न भएको छ । ‘बोटल फर स्कुल’ नामको च्यारीटी संस्थाले नेपालका भूकम्पपीडितलाई सहयोग गर्न उक्त कार्याक्रम आयोजना गरिएको बताइएको छ । नेपालका एकताकाका प्रसिद्द गायक दिब्य सुब्बाको उपस्थिती रहेको उक्त कार्यक्रममा केही स्थानिय नेपाली तथा भूटानी कलाकारको समेत प्रस्तुती रहेको बताइएको छ । 

कार्यक्रम समग्रमा सफल भएको भएपनि नेपालका भूकम्पपिडितलाई सहयोग गर्न भनेर आसन्न NRN निर्वाचनलका लागी खुलेआम भोट माग्ने कार्य भएकाले कार्यक्रम सहयोग संकलन भन्दा पनि बढी राजनितिक जमधटजस्तो भएको भर्खरै एडेलेडमा ऐतिहासीक ‘मल्टिकल्चरल च्यारिटी डिनर’ सफलताका साथ सम्पन्न गराउन सफल समुहकी प्रतिष्ठा गौतमले बताइन । यसैगरी अन्य उपस्थितहरुलेपनि  आफु संगीतिक प्रस्तुती र च्यारिटी भनेर गएको तर वास्तविकता अरुनै रहेको जनाउदै गर्दै त्यतै तिर अंकित गरे ।

आयोजकलाई सम्पर्क गर्दा आफू अरु काममा ब्यस्त भएको बेला ‘माइक्रोफोन’ को दुरुपयोग भएको प्रतिक्रिया सुरुमा पाइएको भएपनि पछी उनले आफ्नो फेसबुक स्टाटसमा मार्फत भाषण गरेपनि जे गरेपनि आएर खाना खाइदिए, नेपाललाई सहयोग भयो साथै ‘आउन खोज्नेलाई रोक्न नमिल्ने’ भन्ने आशयको अभिब्यक्ति सार्वजनिक भएको पाइयो । जे भएपनि ‘च्यारिटी ‘ शब्दको यसरी दुरुपयोग हुनु दुर्भाग्य भएको बुज्रुकहरुको ठम्याइ छ ।

Leave a Reply