एडेलेडमा भुटानीहरुले मनाए ७ औं बसोबास दिवस

१० मे २०१५, एडेलेड- एडेलेडबासी भुटानीहरुले आज आफ्नो ७ औं पुन:स्थापना दिवस मनाएका छन् । ७ बर्ष अगाडी मे १३ का दिन तेस्रो मुलुकमा पुनस्थापना गर्ने क्रममा अष्ट्रेलियामा बसोबास सुरु गरेको भएपनि सहजताका लागी नजिकैको सनिवार पारेर उत्सव मनाइने गरिएको छ ।

उक्त अवसरमा ‘भुट्नीज अष्ट्रेलियन एसोसिएसन अफ साउथ अष्ट्रेलिया’ ले सांस्कृतीक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम  ‘खमेर बुद्धिष्ट हल’ साल्सवरीमा भएको थियो ।

सामुदायिक तथा सामाजिक समाबेशीकरण, बहुसंस्कृतिक मामिला, सामाजिक आबास,युबा,स्वयम सेबक तथा जेष्ठ नागरिक मन्त्रालय हेर्ने मन्त्रि जोइ बेटिसन, लिबरल बिधान परिसद सदस्य जोन डवकिन्स , सल्स्बरी सिटी काउन्सिल मेयर , फेमिली साउथ अस्ट्रेलिया प्रतिनिधि, सल्स्बरी सिटी प्रतिनिधि , पोर्ट एडीलेड प्रतिनिधि, अस्ट्रेलियन रेफ्युजी एशोसियसन , साउथ अस्ट्रेलियन प्रहरी बिभाग लगायतका विभिन्न क्षेत्रका अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो ।

सुरुमा अष्ट्रेलियन राष्ट्रिय गीत गाइएको उक्त कार्यक्रममा नेपालमा भुकम्पमा मर्नेहरुको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारणपनि गरिएको थियो ।

Leave a Reply