rahat-300x220काठमाडौं । भूकम्प पीडितलाई सबैले राहत बाँड्न नपाउने यसअघिको निर्णय फिर्ता भएको छ ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने र निजी क्षेत्रबाट संकलित राहत कब्जा गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

सरकारले वितरण गरेको राहत अझैपनि दुर्गम क्षेत्रमा पुग्न नसेकेको गुनासो आइरहेको छ । आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले अबदेखि सबैलाई राहत वितरण गर्न दिने सहमति गरेको हो ।

गत शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य तीन दलको बैठक बसेको हो ।

राहत वितरणको कार्य नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा राहत बाँढ्न चाँहने सबैलाई राहत वितरण गर्न दिने सहमति भएको बैठकपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मीलाई जानकारी दिए ।

 

Leave a Reply