महाभुकम्पपछि राप्रपा नेपालको सक्रियता
१८ बैशाख, काठमाडौं– राप्रपा नेपाल गत शनिबार गएको महाभुकम्पपछि उद्दार र राहतको लागि संक्रिय ढंगले लागि परेको छ । महाभुकम्प गएलगत्तै उद्दारका लागि सक्रियता देखाएको पार्टीले प्रधानमन्त्री राहत कोषमा तत्कालका लागि ५ लाख रुपयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ भने पार्टी अध्यक्ष कमल थापादेखि उच्चस्तरीय नेताहरु आफै विभिन्न ठाउँमा उद्दारमा खटिरहेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । उनले पार्टी अध्यक्षले भुकम्प पीडितको उद्दारका लागि अन्य निकै सक्रियता देखाएको जानकारी दिँदै यो क्रम निरन्तर चलिरहने जानकारी दिए । पार्टीले उद्दारका लागि कार्यकर्तालाई समेत परिचालन गरेको छ । यसैबीच अध्यक्ष कमल थापाले रक्तदान गर्दै सम्पूर्ण कार्यकर्तालाई रक्तदान दिने कार्यमा सहभागी हुन समेत आग्रह् गरेका छन् ।
Leave a Reply