प्रधानका अनुसार निगमले चेकलाई विश्वास नगर्दा तेल पाइएन । देश नै संकटमा परेको बेला नीति नियममा चल्दा तेल अभाव भएको उनको भनाइ छ ।
थानकोट डिपो प्रमुख रविन शर्माले बैंक नखुलेकाले निजी पम्पलाई तेल दिन नसकिएको बताए । दैनिक ठूलो रकम कारोबार हुन्छ, निजीक्षेत्रले दिएको चेकलाई कसरी विश्वास गर्ने उनले भने ।
शर्माले बैक नखुलेकाले सरकारी बाहेकका पम्पलाई तेल दिन रोकिएको स्वीकारे । सरकारीमा तेल जान कुनै अवरोध नभएको उनको भनाइ छ । उनका अनुसार चेकमार्फत कारोबार गर्न कठिन भएकाले तेल वितरणमा रोकिएको बताए ।
आपत्कालीन अवस्थामका नीति नियमलाई हेरेर बस्ने निगमको तरिकाले गर्दा तेल नपाइएको प्रधानले बताए । सबै पम्पलाई नदिएपनि केही पम्पलाई भएपनि तेल दिनुपर्ने उनको भनाइ छ ।
डिपो प्रमुख श्रेष्ठले सरकारले बैकलाई आजबाट खोल्न निर्देशन दिएकाले तेल पनि आजबाट वितरण सुरु हुने बताए । यदि आजपनि बैंक नखुलेमा निगमले बैकल्पिक व्यवस्था गर्ने उनको भनाइ छ । शुक्रबारदेखि काठमाडौंका पम्पमा तेल आएको छैन । विद्युत नभएर मारमा परेका जनताले जेनेरेटर समेत चलाउन नपाएको गुनासो गरेका छन् ।
विद्युत नहुँदा उपत्यकामा पानीको हाहाकार भएर मर्कामा परेका जनताले जेनेरेटरमा तेल प्रयोग गरेर चलाउन समेत पाएका छैनन् ।
यता सरकारले भने, कुनैपनि अत्यावश्यक वस्तुको अभाव गराए तत्काल कारबाही गर्ने बताएपनि निगम आफैले तेल वितरण रोकेको छ । सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले अत्यावश्यक बस्तु वितरण रोकेमा तत्काल कारबाही गर्ने बताएका थिए । तर, सरकारी स्वामित्वका निगम आफैले तेल नदिँदा बजारमा हाहाकार मचिएको व्यवसायीहरुको भनाइ छ ।
Leave a Reply