महाभुकम्पका १० महत्वपूर्ण कुराहरु

gorkha१) अहिले सम्म ३३२६ जनाको मृत्यु भएको छ । ६ हजार ६५ जना घाइते भएका छन् ।
२) भूकम्पको केन्द्रविन्दु बापाकमा उद्धार टोली पुगेको छ । गोरखामा करिब २ सय ५० को मृत्यु भएको छ । गोरखाबाट विरामीलाई पोखरा लगिएको छ ।
३) भूकम्पका कारण धरहरा, बसन्तपुर दरवार स्क्वायर लगायतका पुरातात्वीक सम्पदा ध्वस्त भएका छन् ।
४) भारत, चीन, पाकिस्तान, जापानले उद्धार टोली नेपाल पठाएका छन् । उनिहरुले घटनस्थलमा काम गरिहेका छन् । 
५) आइतबार राती परेको पानी कारण मानिसलाई कठिन भए पनि सोमबार विहानै देखिको घामले खुला आकास मुनी आश्रय लिएका सर्वसाधारणलाई राहत महसुस भएको छ ।
६) अमेरिकाले १० लाख डलर, नर्वेले तीन करोड क्रोनर सहयोग गरेका छन् ।
७)  नेपाल टेलिकमलले आफ्ना ग्राहकहरुलाई निशुल्क कल सेवा दिइरहेको छ । यस्तै अन्य भारत, अष्टे«लिया, अमेरिका, डेनमार्क लागयतका देशले पनि निशुल्क र न्युनतम शुल्कमा कल सेवा दिइरहेका छन् ।
८) भूकम्पमा फसेका मानिसको मदतको लागि गुगलले पर्सन फाइन्डर, फेसवुकले सेफ्टी चेक र भाइवरले भाइवर कल आउट सुविधा दिएका छन् ।

९) मुख्य सचिव लिलामणी पौडेलले बजार खुला राख्न आग्रह गरेका छन् । जसले गर्दा खाद्यन्न अभाव हुन नदिन सहयोग गर्ने छ ।
१०) उद्धारमा परिचालन भएका हेलिकोप्टर र विमानका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको छ ।

Leave a Reply