भूकम्प प्रभावित क्षेत्रको बजार खोलाउन निर्देशन

_MG_3028_20150427125824काठमाडौ, वैशाख १४ – सिंहदरबारमा बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समन्वय समितिको बैठले भूकम्प प्रभावित क्षेत्रको बजार खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

प्रभावित क्षेत्रमा उपभोग्य सामाग्रीको आपूर्ति सहज बनाउन समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले भूकम्प पीडितहरुलाई तत्काल राहत बाड्न प्रजिअहरुलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय विकास मन्त्रालयअन्तर्गत शिविरहरुको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बैठकले सरकारी कर्मचारीहरुलाई नियमित कार्यालय आउँन र परेको सहयोग गर्न निर्देशन दिएको छ ।

Leave a Reply