मृतकको संख्या २,३०९ पुग्यो
मृतक परिवारलाई ४० हजार राहत उपलब्ध गराइने
अर्थमन्त्री रामशरण महतले मृतक परिवारलाई ४० हजार रुपियाँ उपलब्ध गराउने बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि नागरिकन्युजसँग उनले भने, ‘भूकम्पका कारण ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप ४० हजार रुपियाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । उनले सर्वसाधारणलाई विपतको घडीमा नआतिकन बस्न आग्रह गरेका छन् ।
सरकारको पछिल्लो तथ्यांकअनुसार हालसम्म २,३०९ जनाले ज्यान गुमाइसकेका छन् । ५ हजार८ सय ५० जना घाइते छन् । उद्धार कार्य जारी छ ।
Leave a Reply