अस्ट्रेलियन प्रधानमन्त्रीले दिए गोर्खालीलाई संदेश (भिडियो सहित
-मिलन दाहाल
अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले आफुले गोर्खा कल्याण कोषले गर्ने गरेको कार्यमा सहयोग गर्न पाएकोमा आफु निक्कै धन्य भएको बताएका छन् । गएको २ शताब्दिमा गोर्खालीहरुले शैन्य क्षेत्रमा देखाएको बहादुरीको प्रसंसा गर्दै उनले भनेका छन् अति उच्च कर्तब्यनिस्ठता, इमान्दारिता र पेशागत गुणले विश्वकै शैन्यक्षेत्रमा नया आयाम थपेको छ । गोर्खाहरु बहादुरका पनि बहादुर र दयालुका पनि दयालु हुन्, उनले भनेका छन् । शाही गोर्खाली सेनाको पहिलो बटालियन अस्ट्रेलिया आएको दिनको स्मरण गर्दै उनले यस स्मृति दिवसमा गोर्खाली र अस्ट्रेलियन सेना एकसाथ उभिनुपर्ने बताएका छन् ।
साथै उनले यस्ता गोर्खाली सेनाको परिवार तथा आफन्तजनको सहयोगार्थ कार्य गरिरहेको गोर्खा कल्याण कोषको पनि सराहना गरेका छन् ।
Leave a Reply